टी-२‍० विश्वकपमा श्रीलंकाद्वारा ओमन १ सय ५ रनले पराजित « Khabarhub

टी-२‍० विश्वकपमा श्रीलंकाद्वारा ओमन १ सय ५ रनले पराजित


२९ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत बिहीबारको खेलमा श्रीलंकाले ओमनलाई पराजित गरेको छ । समूह ‘बी’ मा रहेको श्रीलंकाले ओमनलाई १ सय ५ रनको विशाल अन्तरले पराजित गरेको हो ।

२ सय २६ रनको लक्ष्य पछ्याएको ओमान निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २० रनमा समेटियो ।

उसका लागि मोहम्मद नदीमले सर्वाधिक ५३ तथा वसीम अलीले २७ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

ओमानलाई सस्तैमा समेट्न दुसमन्ता चमिरा र मथिसा थिकसनाले दुई–दुई विकेट लिए ।

त्यसअघि श्रीलंकाको पल्लेकेले मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २२५ रन जोड्यो ।

श्रीलंकाका कुशल मेन्डिसले ६१, पवन रत्नायकेले ६० तथा दाशुन शनाकाले ५० रन जोडे ।

बलिङतर्फ ओमानका जितेन रमानन्दीले दुई विकेट लिए ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहिबार  २ : ५० बजे

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि