छैठौँ विकेट गएपछि इटालीविरुद्ध संकटमा नेपालको ब्याटिङ « Khabarhub

छैठौँ विकेट गएपछि इटालीविरुद्ध संकटमा नेपालको ब्याटिङ


२९ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत बिहीबारको खेलमा इटालीविरुद्ध नेपालको ब्याटरहरु चल्न नसक्दा इनिङ संकटमा परेको छ ।

खेल १५ ओभरको ४ बलमा पुग्दा आरिफ शेख छैठौँ विकेटका रुपमा पविलियन फर्किएपछि नेपालको ब्याटिङ दबाबमा परेको हो । सुरुवाती छ ब्याटरहरु इटालीका बलरले सस्तैमा समेटेपछि नेपालको ब्याटिङ संकटमा परेको हो ।

आरिफ आउट हुँदा नेपाल १०० रनको कमजोर अवस्थामा छ । आरिफले २४ बलमा २७ रन जोडे ।

त्यसअघि आउट भएका लोकेश बमले पाँच बलमा ३ रन मात्रै जोडे । चौथो विकेटका रुपमा आउट भएका दीपेन्द्रसिंह ऐरीले १८ बलमा १७ रन जोडे । कप्तान राहित पौडेलले १४ बलमा २ छक्का २३ रन जोडे ।

ओपनर कुशल भुर्तेलले १० बल खर्चेर मात्रै ५ रन जोडे । अर्का ओपनर आसिफ शेखले २० बलमा २ चौकाको आडमा २० रन जोडे ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहिबार  ४ : २३ बजे

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

राँझा– जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७

इजरायलमा चुनावअघि नेतान्याहू सरकारविरुद्ध हजारौँको प्रदर्शन

काठमाडौँ– इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको

दसैंमा कालीमाटीमा २८ लाख किलो कृषि उपज भित्रियो, हरियो तरकारी सबैभन्दा धेरै

काठमाडौं – दसैंको मुख्य अवधिमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी

रियाद विमानस्थलमा उडान सुरु, थप आक्रमण गर्ने हुथीको चेतावनी

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही– यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य