छैठौँ विकेट गएपछि इटालीविरुद्ध संकटमा नेपालको ब्याटिङ « Khabarhub

छैठौँ विकेट गएपछि इटालीविरुद्ध संकटमा नेपालको ब्याटिङ


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत बिहीबारको खेलमा इटालीविरुद्ध नेपालको ब्याटरहरु चल्न नसक्दा इनिङ संकटमा परेको छ ।

खेल १५ ओभरको ४ बलमा पुग्दा आरिफ शेख छैठौँ विकेटका रुपमा पविलियन फर्किएपछि नेपालको ब्याटिङ दबाबमा परेको हो । सुरुवाती छ ब्याटरहरु इटालीका बलरले सस्तैमा समेटेपछि नेपालको ब्याटिङ संकटमा परेको हो ।

आरिफ आउट हुँदा नेपाल १०० रनको कमजोर अवस्थामा छ । आरिफले २४ बलमा २७ रन जोडे ।

त्यसअघि आउट भएका लोकेश बमले पाँच बलमा ३ रन मात्रै जोडे । चौथो विकेटका रुपमा आउट भएका दीपेन्द्रसिंह ऐरीले १८ बलमा १७ रन जोडे । कप्तान राहित पौडेलले १४ बलमा २ छक्का २३ रन जोडे ।

ओपनर कुशल भुर्तेलले १० बल खर्चेर मात्रै ५ रन जोडे । अर्का ओपनर आसिफ शेखले २० बलमा २ चौकाको आडमा २० रन जोडे ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  ४ : २३ बजे

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको