कोशी सरकारले प्रदेश आयोजना राष्ट्रिय योजना आयोगमा प्रविष्ट गर्ने « Khabarhub

कोशी सरकारले प्रदेश आयोजना राष्ट्रिय योजना आयोगमा प्रविष्ट गर्ने


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेशबाट कार्यान्वयन हुने आयोजनाहरू राष्ट्रिय योजना आयोगमा प्रविष्ट गर्ने निर्णय गरेको छ ।  

विराटनगरमा बिहीबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षका लागि प्रदेशबाट कार्यान्वयन हुने समग्र र विशेष अनुदानका आयोजनाहरू राष्ट्रिय योजना आयोगमा प्रविष्ट गर्ने निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए ।

बैठकले प्रदेश अनुसन्धान प्रशिक्षक प्रतिष्ठान ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक कानुन न्याय तथा प्रदेश मामिला समितिमा पेश गर्ने निर्णय गरेको भने आयोजना छनोट तथा वर्गीकरण आयोजना बैंक व्यवस्थापन कार्यविधि लाई संशोधन गर्नका लागि आर्थिक सामाजिक तथा पूर्वाधार समितिमा लैजाने निर्णय समेत गरेको उनले बताए  । 

त्यस्तै बैठकले सहज संक्रमण रणनीति कार्यान्वयनका लागि मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश स्तरीय एलडिसी ग्रयाजुयसेन कार्यान्वयन समिति गठन गर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  ५ : ०६ बजे

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

बोगोटा- कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या

चुनावपछि पहिलोपटक झापा–इलाम पुगे ओली, मिसन जनजागरण अभियान सुरु गर्ने

इलाम – फागुन २१ गते सम्पन्न निर्वाचनपछि नेकपा (एमाले) का

कास्कीका दुग्ध उत्पादक किसानलाई अनुदान

कास्की– गत आर्थिक वर्षमा सञ्चालित दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रममार्फत

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी टिकट काउन्टर थप

दाङ– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले स्वास्थ्य बिमा सेवा प्रभावकारी,