‘श्री बुकुरो’को प्रिमियरमा कसले के भने ? « Khabarhub

‘श्री बुकुरो’को प्रिमियरमा कसले के भने ?


२९ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘श्री बुकुरो : द होम कलिङ’को प्रिमियर सम्पन्न भएको छ ।

निर्माण पक्षले बुधबार साँझ कमलपोखरीस्थित एक फिल्म हलमा प्रिमियर आयोजना गरेको थियो ।

प्रिमियरमा निर्देशक तुलसी घिमिरे, दीपकप्रसाद आचार्य, निर्माता छबि ओझा र नायक जयकिशन बस्नेत लगायतका कलाकार उपस्थित थिए ।

फिल्मका शीर्ष कलाकार वरिष्ठ नायिका लक्ष्मी गिरी, नायक आर्शिवाद क्षेत्री र नायिका निकिता उप्रेतीले अतिथिहरुसँगै बसेर फिल्म हेरेका थिए ।

पूरानो घरसँग जोडिएको पारिवारिक कथामा बनेको फिल्म ‘श्री बुकुरो’ हेरेपछि निर्देशक तुलसी घिमिरेले आफू नोस्टाल्जिक भएको प्रतिक्रिया दिए ।

उनले भने, ‘फिल्म हेरिरहँदा यसले मलाई पुरानो घरमा पुर्‍यायो। लक्ष्मी जीको अभिनयले मेरी आमालाई सम्झेँ । फिल्म राम्रो बनेको छ ।’

नायक बस्नेतले फिल्म हेर्दा उपन्यास पढिरहेको महसुस गराएको प्रतिक्रिया दिए ।

उनले थपे, ‘यो फिल्ममा कमेडी पनि छ। पारिवारिक सम्बन्धको कुरा र सबै कलाकारको अभिनय एकदम मन पर्‍यो। लक्ष्मी दिदीको अभिनय मनमा बस्ने खालको छ।’

यो फिल्मको लेखक तथा निर्देशक सुदीप भुपाल सिंह हुन् ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहिबार  ४ : ५८ बजे

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)