हिउँले सेताम्मे मनाङका मतदान केन्द्र « Khabarhub

हिउँले सेताम्मे मनाङका मतदान केन्द्र


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मनाङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको मिति छोटिँदै गएको छ । देशैभर निर्वाचनको तयारी तीव्र र उम्मेदवार चुनावी प्रचारप्रसारमा जुटेका छन् । विकट एवम् हिमाली जिल्ला मनाङमा तयारी भइरहेको अवस्था छ । तर, हिमपातले निर्वाचनलाई प्रभावित पार्नसक्ने अवस्था देखिएको छ । 
    
यहाँको माथिल्लो क्षेत्रमा भने हिउँका कारण मतदान केन्द्र र आसपासका क्षेत्र हिउँले सेताम्मे बनेको छन् । हिउँले ढाकिएका मतदान केन्द्र अनुगमन, तयारीमा कठिन भएको सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए।

 ‘यतिबेला निर्वाचनको तयारी मुख्य बनेको समयमा हिमाली क्षेत्रमा सकस भएको छ, अनुगमन, मतदान केन्द्रको व्यवस्थापन गर्नुपर्ने समय हो, तर हिमपातले समस्या भएको छ’, उनले भने। 

तल्लो क्षेत्रमा चिसो बढिरहेको छ, भने माथिल्लो क्षेत्र हिउँले सेताम्मे भएको पौडेलले बताए। उनले भने, ‘एक त हिमाली क्षेत्रका अधिकांश बासिन्दा जाडो छल्न बाहिर गएका छन्, सडक सञ्जालको पहुँचमा नपुगेको नार्पाभूमि गाउँपालिकामा निर्वाचनको तयारी गर्न सकस भएको छ ।’

हिउँले बाटो नै नदेखिने अवस्थामा रहेको जानकारी प्राप्त भएको उनले बताए। 
    
कूल मतदाता सात हजार रहेको छ, भने यहाँ एक अस्थायी गरी २९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । त्यसमध्ये माथिल्लो क्षेत्रका मतदान केन्द्र हिउँले भरिएका छन् । मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिका अहिले हिउँले सेताम्मे रहेका छन् । 

उनले भने, ‘माघ अन्तिम सातादेखि चैत पहिलो सातासम्म मनाङ फर्कने स्थानीयवासी हिमपातले फर्कन सकेका छैनन्, निर्वाचनका लागि अब छिट्टै फर्कने अपेक्षा गरिएको छ, तर हिमपातले यात्रा सहज बनाउनका लागि सडक सञ्जालको व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेका छौँ ।’

चार वटा स्थानीय तह रहेको यस जिल्लाका हिमपात हुने समय भएकाले जोखिमयुक्त देखिएका छन् । तीन पालिका सडक सञ्जालको पहुँचमा रहेका छन् । तर, नार्पाभूमि गाउँपालिकामा हालसम्म पनि सडक सञ्जालको पहुँच पुगेको छैन । जसले यहाँका निर्वाचन कर्मचारी, मतपेटिकालगायतका निर्वाचनमा आवश्यक सामग्री ढुवानीमा पनि समस्या हुने देखिएको छ । 
    
नासोँ गाउँपालिकामा नौ, चामेमा एक अस्थायीसमेत गरी छ, नार्पाभूमिमा पाँच र मनाङ ङिस्याङमा नौ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ । नार्पाभूमिका पाँच र मनाङ ङिस्याङका नौ वटा मतदान केन्द्र हिउँले ढपक्क छोपिएको अवस्थामा रहेका छन् ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको यहाँ प्रतिनिधिसभा सदस्य पदका लागि प्रतिस्पर्धा हुने भएको छ । छ वटा दलको मनोनयन दर्ता भए पनि नेकपा (एमाले)a, राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली कांग्रेसलाई समर्थन गर्ने भएपछि नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र मङ्गोल नेशनल अर्गनाइजेनबीच प्रतिस्पर्धा हुने भएको छ । 

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  ४ : २८ बजे

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय

बसुन्धरामा उपभोक्ताको भीड, विभिन्न ब्रान्डका ग्यास वितरण (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका

पार्टी फुट्ने आशंका निराधार : उपसभापति शर्मा

काठमाडौं– पार्टी फुट्ने आशंकालाई अस्वीकार गर्दै पार्टीका उपसभापति शर्माले पार्टीभित्र

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा