‘निर्वाचनमा श्रीमतीलाई फलानो पार्टीमा भोट हाल्नु भनेर दबाब दिन पाइँदैन’ « Khabarhub

‘निर्वाचनमा श्रीमतीलाई फलानो पार्टीमा भोट हाल्नु भनेर दबाब दिन पाइँदैन’


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको पारिवारिक संरचना पितृसत्तात्मक छ । त्यसकारण परिवारभित्र पुरुषको निर्णय चल्छ । यहाँसम्म कि महिलाले कुन पार्टीलाई भोट हाल्ने भन्ने निर्णय घरको पुरुषले तय गर्छ ।

श्रीमान् तथा ससुराले बुहारी र आमालाई फलानो पार्टीमा भोट हाल्नु भनेर निर्देशन दिएको पाइन्छ । तर, श्रीमती वा आमालाई फलानो पार्टीमा भोट हाल्नु भनेर निर्देशन दिनु महिला हिंसामध्येको एक पाटो रहेको महिला कानुन र विकास मञ्चका कार्यकारी निर्देशक तथा अधिवक्ता सविन श्रेष्ठ बताउँछन् ।

बिहीबार फागुन २१ गतेको निर्वाचनलाई लक्षित गर्दै महिला पत्रकारहरुको संस्था सञ्चारिका समूह र ललितपुर महानगरपालिका वार्ड नम्बर १० को सहकार्यमा आयोजना भएको ‘निर्वाचन अवधिमा महिलामाथि हुने हिंसा न्यूनीकरण’ कार्यक्रममा बोल्दै श्रेष्ठले मताधिकार नैसर्गिक अधिकार भएकाले महिलाले स्वविवेक प्रयोग गर्न नपाउनु हिंसा भएको बताएका छन् ।

त्यसैगरी, उनले मताधिकारमा आफ्नो विवेक प्रयोग गर्नबाट वञ्चित महिलाले अन्य क्षेत्रमा पनि विवेक प्रयोग नगरेको बताए । कार्यक्रममा उनले भने, ‘विशेषगरी मधेशको समुदायमा श्रीमानहरुले श्रीमतीलाई आफूले भनेको पार्टीमा भोट नहाले घर छोडेर जाने धम्कीसमेत दिने गरेको पाइन्छ । त्यसैगरी मधेशमा मात्रै नभएर अधिकांश परिवारमा महिलाले बिहे गरेर आएको घरको परिवारले भनेको पार्टीमा भोट हाल्नुपर्ने दबाब स्विकार गरेको पाइन्छ ।’

त्यसैगरी, श्रेष्ठले निर्वाचनमा महिला मतदाता मात्रै नभइ महिला उम्मेदवारसमेत हिंसामा परेको बताए । उनले भने, ‘उम्मेदवार महिलालाई सौन्दर्य प्रतियोगितामा भाग लिनु पर्ने भनिन्छ । साथै, श्रीमान् वा पुरुष साथीको निगाहमा टिकट पाएको जस्ता चारित्रिक रुमा डिजिटल हिंसा भइरहेको हुन्छ । अर्को, विवाहित महिलाको हकमा बिहे गरेर आएको जिल्लावासीले स्वीकार नगर्ने र माइती जिल्लावासीले पनि स्वीकार नगरेको अवस्था छ ।’

‘गर्भवति, सुत्केरी र अपाङगता भएको महिलालाई मतदाताको रुपमा मात्रै लिइन्छ । उम्मेदवारको रुपमा अझै उनीहरुलाई बहिष्कार गर्ने संस्कार छ । यो महिलामाथिको हिंसा हो । त्यसकारण राजनीतिमा महिला सहभागिता घट्दै गएको छ । यी सबै निर्वाचनसम्बन्धी कसूर हो ।’ उनले भने ।

त्यसैगरी कार्यक्रममा डिजिटल राइट्स नेपालका निर्देशक तथा अधिवक्ता सन्तोष सिग्देलले चुनावमा गलत सूचनाहरु अत्यधिक प्रवाह हुने हुदाँ त्यसबाट जोगिन सजग हुनुपर्ने औँल्याएका छन् ।

उनले भने, ‘निर्वाचनमा धेरै फेक सूचनाहरु आइरहेको हुन्छ । त्यसबाट जोगिनको लागि फ्याक्ट चेक गर्नुपर्छ । माल इन्फरमेसन (कूसूचना) ले मतदाता प्रभावित हुन्छन् । मतदाताले डिजिटल साक्षर हुन आवश्यक छ ।’

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  ४ : ४९ बजे

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर– भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको

राष्ट्रिय महिला लिग आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने

काठमाडौँ– शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ

चिकित्सकको त्रुटिविरुद्ध सर्वोच्चको आदेश- ‘पीडितको शारीरिक- मानसिक क्षति राज्यले भर्नुपर्छ’

काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा झण्डै २ दशकअघि भएको

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको

योग आशनसँगै रास्वपा प्रशिक्षणको दोस्रो दिनको सुरुवात

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदका