भारत सरकारद्वारा नेपाललाई सहयोग स्वरुप सवारीसाधान हस्तान्तरण « Khabarhub

भारत सरकारद्वारा नेपाललाई सहयोग स्वरुप सवारीसाधान हस्तान्तरण


२९ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत सरकारले निर्वाचनका लागि नेपाल सरकारलाई आवश्यक सवारीसाधन हस्तान्तरण गरेको छ ।

बिहीबार गृह मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री ओमप्रकाश अर्याललाई भारत सरकारले उपहारस्वरूप प्रदान गरेको सवारीसाधन हस्तान्तरण गरेका हुन् । 

भारतले पहिलो लटमा ६१ वटा, दोस्रो लटमा २५४ वटा सवारी हस्तान्तरण गरेको थियो भने बिहीबार तेस्रो लटमा २२३ वटा सवारी साधन प्राप्त भएको गृह मन्त्रालयमा प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । 

त्यस्तै नेपाली सेनाका लागि ५० वटा गाडी समेत हस्तान्तरण भएको उनले बताए । भारत सरकारले नेपाल सरकारलाई अनुदान स्वरूप उपलब्ध गराउने प्रहरीका सामाग्रीहरू पनि आउने क्रममा रहेको प्रवक्ता काफ्लेले जानकारी दिए ।

भारत सरकारबाट प्राप्त भएका गाडीहरू सुरक्षा निकायका साथै निर्वाचनसँग सम्बन्धी प्रयोजनका लागि प्रयोग हुने गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहिबार  ५ : २४ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली