भारत सरकारद्वारा नेपाललाई सहयोग स्वरुप सवारीसाधान हस्तान्तरण « Khabarhub

भारत सरकारद्वारा नेपाललाई सहयोग स्वरुप सवारीसाधान हस्तान्तरण


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत सरकारले निर्वाचनका लागि नेपाल सरकारलाई आवश्यक सवारीसाधन हस्तान्तरण गरेको छ ।

बिहीबार गृह मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री ओमप्रकाश अर्याललाई भारत सरकारले उपहारस्वरूप प्रदान गरेको सवारीसाधन हस्तान्तरण गरेका हुन् । 

भारतले पहिलो लटमा ६१ वटा, दोस्रो लटमा २५४ वटा सवारी हस्तान्तरण गरेको थियो भने बिहीबार तेस्रो लटमा २२३ वटा सवारी साधन प्राप्त भएको गृह मन्त्रालयमा प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । 

त्यस्तै नेपाली सेनाका लागि ५० वटा गाडी समेत हस्तान्तरण भएको उनले बताए । भारत सरकारले नेपाल सरकारलाई अनुदान स्वरूप उपलब्ध गराउने प्रहरीका सामाग्रीहरू पनि आउने क्रममा रहेको प्रवक्ता काफ्लेले जानकारी दिए ।

भारत सरकारबाट प्राप्त भएका गाडीहरू सुरक्षा निकायका साथै निर्वाचनसँग सम्बन्धी प्रयोजनका लागि प्रयोग हुने गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  ५ : २४ बजे

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण

कांग्रेसले महाधिवेशन असोजमै, राष्ट्रिय सभागृहको हल बुकिङका लागि पत्र

काठमाडौं- नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी