फागुनमा वाणिज्य बैंकहरूको औसत ब्याजदर घट्ने, अधिकांशको स्थिर « Khabarhub

फागुनमा वाणिज्य बैंकहरूको औसत ब्याजदर घट्ने, अधिकांशको स्थिर


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वाणिज्य बैंकहरूले फागुन महिनाका लागि व्यक्तिगत र संस्थागत दुवै प्रकारका निक्षेपमा प्रदान गर्ने ब्याजदरमा सामान्य कटौती गरेका छन्। माघ महिनाको तुलनामा फागुनमा औसत ब्याजदर घटेको तथ्यांकले देखाएको छ, जसले बैंकिङ क्षेत्रमा लगानीयोग्य तरलता थप वृद्धि भएको देखिन्छ ।

माघ महिनामा वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपको औसत ब्याजदर ४.६८ प्रतिशत रहेकोमा फागुनमा यो घटेर ४.५७ प्रतिशतमा झरेको छ। यो ०.११ प्रतिशत बिन्दुको गिरावट हो। त्यसैगरी, संस्थागत निक्षेपतर्फ माघमा ३.३८ प्रतिशत रहेको औसत ब्याजदर फागुनमा ३.३३ प्रतिशतमा झरेको छ, जुन ०.०५ प्रतिशत बिन्दुको कमी हो।

कुन बैंकको ब्याजदर कति घट्यो ?

यस महिना ग्लोबल आइएमई बैंकले व्यक्तिगत निक्षेपको ब्याजदरमा सबैभन्दा ठूलो कटौती गरेको छ। माघमा ५.५० प्रतिशत रहेको ब्याजदर फागुनमा ४.७५ प्रतिशतमा झरेको छ, जुन ०.७५ प्रतिशत बिन्दुको कमी हो। संस्थागत निक्षेपमा पनि यस बैंकले ०.२५ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ।

एनआईएमबि बैंकले पनि व्यक्तिगत र संस्थागत दुवै निक्षेपमा ०.५० प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ। सिद्धार्थ बैंकले व्यक्तिगत निक्षेपमा ०.३० प्रतिशत र संस्थागत निक्षेपमा ०.२५ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ।

कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, प्राइम बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत निक्षेपको ब्याजदरमा ०.१५ प्रतिशत बिन्दुले कटौती गरेका छन्। सानिमा बैंकले व्यक्तिगत निक्षेपमा ०.०५ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ भने नेपाल एसबीआई बैंकले संस्थागत निक्षेपमा ०.०३ प्रतिशत बिन्दुले सामान्य कटौती गरेको छ।

तर, धेरै वाणिज्य बैंकहरूले भने फागुन महिनामा आफ्नो ब्याजदर स्थिर राखेका छन्। नेपाल बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, हिमालयन बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकले व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपको ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्।

फागुन महिनामा व्यक्तिगत निक्षेपमा सबैभन्दा कम ब्याजदर ४.२५ प्रतिशत रहेको छ। यो ब्याजदर कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, प्राइम बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र सिद्धार्थ बैंकले प्रदान गरेका छन्।

व्यक्तिगत निक्षेपमा सबैभन्दा बढी ब्याजदर भने नेपाल बैंकले ५.१० प्रतिशत प्रदान गर्ने भएको छ ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  ५ : ३२ बजे

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने संयोजक प्रचण्डको प्रतिबद्धता

रुकुम पुर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या

दैलेख – दैलेखको दुल्लू नगरपालिका–४ शान्ति बजारमा चक्कु प्रहारबाट एक

आजका समाचार : राष्ट्रियसभा अधिवेशन अन्त्य, प्रसाईँले बालेन-सोबिताबारे नयाँ खुलासा गर्ने, दोस्रो खेलमा पनि नेपालको हार र बङ्गलादेशमा मतदान

नेता कार्यकर्तालाई विश्वप्रकाशले भने- विपक्षीलाई गाली नगरी चुनावी मैदानमा होमिनुस्नेपाली

इण्डो-नेपाल टी-२० च्याम्पियनसीपको उपाधि भद्रपुर क्रिकेट क्लबलाई

झापा– जिल्लामा पहिलो पटक आयोजित कोशी–पाथीभरा इण्डो–नेपाल टी–२० च्याम्पियनसीपको उपाधि

प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आज सोलुखुम्बुलगायत जिल्लाको भ्रमण गरी निर्वाचन