‘अफ्रिकन स्वाइनफिभर’को जोखिम बढ्यो, सतर्कता अपनाउन आग्रह « Khabarhub

‘अफ्रिकन स्वाइनफिभर’को जोखिम बढ्यो, सतर्कता अपनाउन आग्रह


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले हाल सुङ्गुर र बङ्गुरमा अफ्रिकन स्वाइनफिभरको जोखिम रहेकाले सम्बन्धित किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

अहिलेसम्म रोगविरुद्धको कुनै खोप उपलब्ध नभएकाले सुङ्गुररबङ्गुपालन फार्ममा जैविक सुरक्षा अपनाउन तथा अस्वाभाविक रूपमा सुङ्गर, बङगुर मरेमा तत्काल सङ्घ, प्रदेश र स्थानीय तहमा रहेका पशु सेवा केन्द्र वा सम्बन्धित निकायलाई खबर गर्न मन्त्रालयले आग्रह गरेको हो ।

घरपालुवा सङ्गुर, बङ्गुर तथा जङ्गली बँदेल प्रजातिमा विषाणुका कारण अफ्रिकन स्वाइनफिभर लाग्ने भएकाले ती पशुमा उच्च ज्वरो (१०४ देखि १०७ डिग्री) आउने, कान पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुनेलगायत लक्षण देखिन्छ ।

पशुको शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छट्पटाउने गर्दछन् । यसबाट पशुको मृत्युदर उच्च हुने भए पनि पशुबाट मानिसमा भने नसर्ने मन्त्रालय अन्तर्गत कृषि, सूचना तथा प्रशिक्षण केन्द्रका डा सञ्जीव पण्डितले बताए।

उनका अनुसार केन्द्रले सङ्क्रमण फैलिन नदिन किसानलाई आवश्यक सतर्कता अपनाउन सन्देशमूलक सूचना प्रवाह गरेको छ । यस्ता लक्षण भएका सुङ्गर, बङ्गुर तथा त्यसका पाठापाठी वा अन्य पशुको सम्पर्कमा आएमा मासुजन्य वस्तु एक स्थानबाट अर्को स्थानमा ओसारपसार गर्ने क्रममा सजिलै सङ्क्रमण फैलिने जोखिम भएकाले उच्च सर्तकता अपनाउन उनले सबैलाई आग्रह गरे।

तीन वर्षअघि नेपालमा पहिलो पटक अफ्रिकन स्वाइनफिभरको सङ्क्रमण फेला परेको केन्द्रले जनाएको छ । काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा दश हजार भन्दाबढी सुङ्गुर तथा बङ्गुरमा सङ्क्रमण फैलिएको जनाइएको छ ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  ५ : २८ बजे

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण

कांग्रेसले महाधिवेशन असोजमै, राष्ट्रिय सभागृहको हल बुकिङका लागि पत्र

काठमाडौं- नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी