मोस्का दाजुभाइसँग निरीह भएपछि इटालीसँग नेपालको लज्जास्पद पराजय « Khabarhub

मोस्का दाजुभाइसँग निरीह भएपछि इटालीसँग नेपालको लज्जास्पद पराजय


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इटालीसँग नेपालले लज्जास्पद हार व्यहोरेको छ । आईसीसी टी २० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भयो ।

नेपालले दिएको १ सय २४ रनको झिनो लक्ष्य इटालीले ११ ओभर ४ बलमा कुनै विकेट नगुमाइ भेट्टायो ।

ब्याटिङ र बलिङ दुबै क्षेत्रमा निरीह देखिएको नेपालका बलरले इटालीको कुनै पनि विकेट लिन सकेनन् । इटालीको जितमा ओपनिङमा आएका मोस्का दाजुभाइले उत्कृष्ट प्रदर्शन गरे ।

खेलमा दाजु एन्थोनी मोस्काले ३२ बलमा ६२ रन बनाए । यस क्रममा उनले तीन चौका र छ छक्का प्रहार गरे । त्यस्तै, भाइ जस्टिन मोस्काले पनि ४४ बलमा ६० रन बनाए । यस क्रममा उनले पाँच चौका र तीन छक्का प्रहार गरे ।

इटालीविरुद्ध नेपाली बलर निरीह देखिए । एक ओभर बलिङ गरेका ललित राजवंशीले १९ रन दिए । त्यस्तै, एक ओभर बलिङ गरेका नन्दन यादवले १२ रन दिए ।

दुई ओभर बलिङ गरेका करण केसीले २१ रन दिए । तीन ओभर बलिङ गरेका सन्दीप लामिछानेले ३१ रन दिए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १२३ रन बनाएको हो ।

इटलीका क्रिशन कालुगामेजले सर्वाधिक तीन विकेट लिए । बेन मानेन्टीले दुई विकेट लिँदा अली हसन र जेजे स्मट्सले समान १–१ विकेट लिए ।

नेपालबाट सर्वाधिक रन बनाउने आरिफ शेख हुन् । उनले २४ बलमा तीन चौकाको सहयोगमा २७ रन जोडे । ओपनर कुशल भुर्तेल आजको खेलमा चल्न सेकनन् । १० बल खर्चेर उनले ५ रन जोडे ।

उनी दोस्रो ओभरको अन्तिम बलमा आउट भएका थिए । दोस्रो विकेटका रुपमा कप्तान रोहित पौडेल ६ ओभरको अन्तिम बलमा आउट भए । रोहितले १४ बलमा २३ रन जोड्न २ छक्का प्रहार गरे ।

तेस्रो विकेटका रुपमा आशिफ शेख ७ ओभरको दोस्रो बलमा आउट हुँदा नेपाल ४९ रनको कमजोर अवस्थामा थियो । आशिफले २० बलमा २० रन मात्रै जोडे । १३ ओभरमा पाँचौ बलमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी आउट भए ।

चौथो विकेटका रुपमा उनी आउट हुँदा नेपाल ९६ रनको कमजोर अवस्थामा थियो । दीपेन्द्र आउट भएपछि नेपालको ब्याटिङ लोकेश बम, आरिफ शेख र गुल्सन झाको भरमा थियो । आरिफले २७ रन जोडे ।

लोकश र गुल्सनलाई इटलीका बलरले क्रिजमा टिक्नै दिएनन् । यी दुई ३–३ रनको अवस्थामा आउट भए । करण केसीले ब्याटिङ उकास्न प्रयास गरे । उनले ११ बलमा १८ रन जोड्न एक चौका र १ छक्का प्रहार गरे ।

समग्रमा नेपालका सुरुवाती क्रमका ब्याटरहरुले टिक्न नसक्दा नेपालको ब्याटिङ दबाबमा पर्दै गएको थियो । १४ आभेरपछि दबाबमा परेको ब्याटिङ उकास्नु पर्ने जिम्मेवारीका साथ क्रिजमा गएका ब्याटरहरु टिक्न नसक्दा नेपाल निरीह बन्न पुग्यो ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  ५ : ५९ बजे

मानसिक स्वास्थ्य नीति परिमार्जन र स्वास्थ्य बिमा कार्यान्वयनमा सांसदको जोड

काठमाडौं– सांसदहरूले मानसिक स्वास्थ्यसम्बन्धी नीति परिमार्जन, सुविधा सम्पन्न अस्पतालमा स्वास्थ्य बिमा

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत गतिमा काम भइरहेकाले

‘प्रि-आईपीओका अवैध क्रियाकलाप नियन्त्रण गर्न शून्य सहनशीलताको नीति लिएका छौँ’

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले

किसानलाई समयमा नै मल आपूर्ति गर्नुपर्नेमा जोड

काठमाडौं– राष्ट्रियसभाका सांसदले उचित समयमा रासायनिक मल नपाउँदा किसान समस्यामा

फेरि होर्मुजमा नौसैनिक नाकाबन्दी लागू, इरान–अमेरिका तनाव थप चर्कियो

तेहरान– अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई निरन्तरता दिँदै होर्मुज जलडमरूमध्य तथा