नेता कार्यकर्तालाई विश्वप्रकाशले भने- विपक्षीलाई गाली नगरी चुनावी मैदानमा होमिनुस् « Khabarhub

नेता कार्यकर्तालाई विश्वप्रकाशले भने- विपक्षीलाई गाली नगरी चुनावी मैदानमा होमिनुस्


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विपक्षीलाई गाली नगरी चुनावी मैदानमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

बिहीबार रुपन्देहीमा आयोजित निर्वाचन केन्द्रित पार्टी सदस्य भेटघाट कार्यक्रममा उपसभापति शर्माले प्रतिस्पर्धाका नाममा दुस्मनीको खडा गरेर वा  विपक्षीलाई गाली गरेर नभई कांग्रेसले अघि सारेका एजेन्डाका आधारमा चुनावी मैदानमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।

नेपालका सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र आवश्यक कानुनहरू बनाउने कामका लागि बदलिएर आएको कांग्रेसले देशको नेतृत्व गर्ने गरी पार्टीलाई पहिलो दलको रुपमा स्थापित गराउनुपर्ने उनले बताए । शर्माले चुनाव जित्नका लागि यसअघि कांग्रेसले गरेका कामहरू नै पर्याप्त रहेको दाबी गरे ।

नयाँ सोचका साथ निर्वाचनमा जाँदै गर्दा राजनीतिक रूपान्तरणको सन्देश दिन सक्नुपर्ने उनको भनाइ छ । 

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  ६ : ०० बजे

सरकारलाई जेन-जी घाइतेकी आमाको प्रश्न- मेरो छोराको अप्रेशन कहिले हुन्छ ?

काठमाडौं–  जेन-जी आन्दोलनका घाइते अनिश सापकोटा अहिले उपचारका क्रममा छन् । 

सरकारविरुद्ध नाराबाजीपछि पक्राउ परे जेन-जी आन्दोलनका घाइते

काठमाडौं- नयाँ बानेश्वरस्थित पुरानो संसद भवनमा आयोजित एक कार्यक्रममा सरकारको विरोध

नक्कली मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु, सयभन्दा बढी उपचाररत   

भोपाल- भारतको मध्य प्रदेशस्थित सागर जिल्लाको बाँदा क्षेत्रमा नक्कली मदिरा सेवनबाट

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

बझाङ– बझाङमा मेलाको संरक्षण गर्ने अभिप्रायले भलिबल प्रतियोगिता अनिवार्य गरिएको

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

काठमाडौं– जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ