अख्तियार बर्दिवास कार्यालयमा धनुषाका उजुरी धेरै « Khabarhub

अख्तियार बर्दिवास कार्यालयमा धनुषाका उजुरी धेरै


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा धनुषा जिल्लाका भ्रष्टाचारसम्बन्धी उजुरी सबैभन्दा बढी दर्ता भएका छन् । 

कार्यालयका अनुसार चालु आर्थिक वर्षका पछिल्ला छ महिनामा दुई हजार ५२५ वटा उजुरी दर्ता भएकामा धनुषाका ७८० उजुरी छन् ।  प्रदेश राजधानी रहेको यस जिल्लामा १८ वटा पालिका रहेका छन् ।

कार्यालयका उपसचिव प्रकाश पोखरेलले दर्ता भएका उजुरीमध्ये ८१२ वटा उजुरी फर्छ्यौट भएका र एक हजार ७१३ उजुरी छानबिनको क्रममा रहेका बताउनुभयो । उहाँका अनुसार दर्ता भएका उजुरीमध्ये ७२ दशमलव ६१ प्रतिशत स्थानीय तहसँग सम्बन्धित रहेका छ ।

जिल्लागत रूपमा सबैभन्दा बढी धनुषाका ७८०,  महोत्तरीका ५१४, सिरहाका ४८१, सर्लाहीका ३९७ र सबैभन्दा कम सोलुखुम्बू जिल्लाका ३९ वटा उजुरी दर्ता भएका छन् ।

आयोगमा दर्ता भएका उजुरीहरूको ‘स्क्रिनिङ’ गरी प्रारम्भिक तथा विस्तृत छानबिनमार्फत तामेली गर्ने, आवश्यक कारबाहीका लागि लेखी पठाउने वा अदालतमा अभियोजन गर्ने प्रक्रिया अपनाउने गरिएको उपसचिव पोखरेलले बताए। 

‘चालु आवका छ महिनामा ६०५ उजुरी तामेली, १० वटा सुझावसहित तामेली, ७९ मा आवश्यक कारबाहीका लागि लेखी पठाइएको छ । यसैगरी ११८ उजुरी एकीकरण गरिएको छ’, उनले भने।

आयोगको बर्दिवास क्षेत्रीय कार्यालयअन्तर्गत मधेस प्रदेशका सिरहा, धनुषा, महोत्तरी र सर्लाही, कोशी प्रदेशका ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बू, बागमती प्रदेशका सिन्धुली र रामेछाप पर्दछन् । मधेसका रौतहट, बारा र पर्सा आयोगको कार्यालय हेटौँडामा तथा सप्तरी इटहरीको कार्यालयको क्षेत्राधिकारमा पर्ने गरेको छ । 

आयोगको बर्दिवास कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङले भ्रष्टाचार नियन्त्रण गर्न आयोग सदाचार, निष्पक्षता र निर्भिकताका साथ काम गर्न प्रतिबद्ध रहेको बताए। 
 

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  ६ : १२ बजे

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण

कांग्रेसले महाधिवेशन असोजमै, राष्ट्रिय सभागृहको हल बुकिङका लागि पत्र

काठमाडौं- नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी