इण्डो-नेपाल टी-२० च्याम्पियनसीपको उपाधि भद्रपुर क्रिकेट क्लबलाई « Khabarhub

इण्डो-नेपाल टी-२० च्याम्पियनसीपको उपाधि भद्रपुर क्रिकेट क्लबलाई


२९ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– जिल्लामा पहिलो पटक आयोजित कोशी–पाथीभरा इण्डो–नेपाल टी–२० च्याम्पियनसीपको उपाधि आयोजक भद्रपुर क्रिकेट क्लबले जितेको छ ।

भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा भारतको राइनोल्याण्ड क्रिकेट क्लब आसामलाई ४ विकेटले पराजित गर्दै भद्रपुरले उपाधि जितेको हो ।

उपाधिसँगै भद्रपुरले नगद पाँच लाख पुरस्कार प्राप्त गरेको छ भने उपविजेता आसामले नगद तीन लाख प्राप्त गरेको प्रतियोगिताका संयोजक गौरव सुब्बा ‘मनोज’ले जानकारी दिए । 
    
खेलको प्लेयर अफ द म्याच भुवन कार्कीले ११ हजार पुरस्कार प्राप्त गरे । प्रतियोगितामा बेस्ट फिल्डर भद्रपुरका भुवन कार्की, इमर्जिङ प्लेयर आसामका निबिर डेका र बेस्ट ब्याटर लखनउका रमन कादयान भए । उनीहरूले २५ हजार पुरस्कार प्राप्त गरे । प्लेयर अफ द टुर्नामेन्ट गोकुल शर्मा भए । उनले रु ५१ हजार प्राप्त गरेको आयोजक क्लबका महासचिव वसन्त पोखरेलले जानकारी दिए ।

विजेता टिम तथा खेलाडीलाई कोशी प्रदेशका पूर्वमन्त्री उद्धव थापा, कोशी प्रदेशसभा सदस्य छविलाल चुडाल, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, गोर्खा टि इण्डष्ट्रिज इलामका सञ्चालक उदय चापागाईं, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, आयोजक क्लबका अध्यक्ष आदित्य पराजुलीलगायतले पुरस्कार वितरण गरे।

कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षसमेतलाई जोडेर यही माघ २१ गतेदेखि आयोजना गरिएको प्रतियोगिता राष्ट्रिय-अन्तर्राष्ट्रिय चर्चा बटुल्दै सफलतापूर्वक सम्पन्न भएको अध्यक्ष सुब्बाले बताए । 

प्रकाशित मिति : २९ माघ २०८२, बिहिबार  ७ : ५४ बजे

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको

ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम : सेलरोटी र छोइलामा रमाए पाहुना

काठमाडौँ–  ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलंकाका राजदूतावाससँगको सहकार्यमा

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा