आहा रारा पोखरा गोल्डकपः अग्रता जोगाउन नसक्दा मनाङसँग एपिएफ पराजित « Khabarhub

आहा रारा पोखरा गोल्डकपः अग्रता जोगाउन नसक्दा मनाङसँग एपिएफ पराजित


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा सञ्चालन भइरहेको राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज भएको सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँगको खेल २–१ गोल अन्तरले जित्दै मनाङ अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो ।

एपिएफले पहिलो हाफमा बनाएको एक गोलको अग्रता बनाए पनि दोस्रो हाफमा सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरियो । एपिएफले खेलको ११औँ मिनेटमा युवराज राईको गोलबाट खेलमा अग्रता लिएको थियो । दोस्रो हाफमा मनाङ लयमा फर्कियो । खेलको ५७औँ मिनेटमा रोनिश राजभाकले गोल गरेर खेल बराबरीमा ल्याए ।

यसैगरी, खेलको ७७औँ मिनेटमा सुरेश कुमालले निर्णायक गोल गरेपछि खेलको नतिजा मनाङले आफ्नो पक्षमा पार्न सफल भयो ।

प्रतियोगितामा शुक्रबार फ्रेन्डस् क्लब र प्लानिङ ब्वाइज युनाइटेडकाबीच खेल हुनेछ । सहारा क्लब पोखराको आयोजनामा यही फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विदेशका तीन र नेपालका नौ गरी १२ टोलीको सहभागिता छ ।

प्रतियोगिताको च्याम्पियन टोलीले रु १४ लाख एक हजार र उपविजेता टोलीले रु सात लाख एक हजार नगद र ट्रफी पुरस्कार पाउने छन् । सहाराले यस वर्ष प्रतियोगिताको पुरस्कार राशि वृद्धि गरेको हो ।

गत वर्ष उपाधि विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  ९ : ०७ बजे

एमालेकै प्रतिवेदन भन्छ : फागुनको चुनावमा पार्टी धुलिसात भयो, अब परम्परागत नाराले चुनाव जितिँदैन

काठमाडौं- नेकपा एमालेले गत फागुन २१ गते व्यहोरेको सर्मनाक हारको

आन्तरिक मतभिन्नताबीच भारतमा हुँदै ब्रिक्स सम्मेलन : यस्ता छन् एजेण्डा र प्राथिमकता

काठमाडौं- विश्व अर्थतन्त्र र भूराजनीतिको केन्द्रविन्दु बन्ने प्रयासमा रहेको बहुपक्षीय

एमालेका अधिकांश प्रदेश कमिटीको सुझाव : पार्टी बचाउन ओलीले नेतृत्व छाडेर संरक्षक बनून्

काठमाडौं- नेकपा एमालेका सातमध्ये ६ भूगोल प्रदेशले अध्यक्ष केपी शर्मा

जासुसीमा एआईको बढ्दो प्रयोग

सन फ्रान्सिस्को- चीन, इरानलगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय