आज २०८२ साल  गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल  गते बिहीबारको राशिफल


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल फागुन २८ गते बिहीबार चैत कृष्ण पक्षको नवमी तिथि। तदनुसार सन् २०२६ मार्च १२ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ  । साना कुराले ठुलो झन्झट आइपर्ने जोखिम छ । विपक्षीसँग कुरा गर्दा सचेत बन्नुपर्नेछ । साथीहरु विपक्षीको कित्तामा गएकाले जोगिएर काम गर्नुपर्ने समय छ । काम गर्दा परिवारको सल्लाह लिएर अगाडि बढ्नु फाइदा हुनेछ ।

वृष : दिन राम्रो छ । तपाईंका साथीभाइको साथ मिल्नेछ । विपक्षी शान्त भएकाले सोचेको काम बन्नेछ । स्वदेशमा रोजगारीका विकल्प प्राप्त हुनेछन् । परिवारसँग गोपनीयता खोल्ने बानीले धोका हुने जोखिम छ ।

मिथुन : दिन राम्रो छ । शुभग्रहको बहुमत भएकाले सोचेको राम्रो काम बन्नेछ । रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । परिवारको सल्लाह र सुझावमा गरेको काम सफल बन्नेछ ।

कर्कट : दाजुभाइको सल्लाहमा काम गर्नु राम्रो हुनेछ । अनुत्पादक क्षेत्रमा धन खर्च हुने जोखिम छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ ।

सिंह : दिन राम्रो छ । दाजुभाइसँगको सल्लाहमा अगाडि बढेमा फाइदा हुनेछ । पेट सम्बन्धी समस्या हुने जोखिम छ । राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ ।

कन्या : दिन सामान्य छ । गोपनीयता भंग गर्दा आफूलाई घाटा हुनेछ । वैदेशिक रोजगारीको क्षेत्रमा सफलता मिल्नेछ । भाग्यको स्थानमा चन्द्रमा पुगेकाले शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ ।

तुला : आज आफन्तबाट धोका हुनेछ । आज नयाँ काममा हात नहाल्नु उचित हुनेछ । कम बोल्न राम्रो हुनेछ । शिक्षामा मिहिनेत गर्नुपर्ने दिन छ । व्यापारमा लगानी नगर्नु  राम्रो हुन्छ ।

वृश्चिक : दिन राम्रो छ । वैदेशिक क्षेत्रमा लगानी गरेको भए राम्रो अवसर प्राप्त हुनेछ । नयाँ सम्बन्धको तयारीमा भए असल पात्र फेला पर्नेछन् । दान गरेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ । व्यापारमा नाफा होला।

धनु : उद्योगमा फाइदा हुने दिन छ । साथीभाइको साथले व्यापारमा नाफा कमाउने दिन छ । खर्च कटौती गरेर अगाडि बढेमा दिन सहज बन्नेछ । संयुक्त लगानीबाट नाफा हुनेछ ।

मकर : सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ । रोगले सताउने जोखिम छ । शिक्षामा जोस र जाँगर बढ्नेछ । परिवारले राम्रो साथ दिनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कुम्भ : लाभ हुने दिन छ । बिहान उठेर शिवको भजन सुनेमा मन शान्त हुनेछ । संयुक्त लगानीबाट फाइदा हुनेछ ।  प्रेम सम्बन्ध सुमधुर बन्नेछ । व्यापारमा थप मिहिनेत गर्नु उचित हुन्छ ।

मीन : दैनिक कामलाई लामो समयसम्म सोचेर अगाडि बढाउनु राम्रो हुनेछ । तपाईंको मिहिनेतमा अरुले फाइदा उठाउने जोखिम छ । परिवारको सल्लाहमा अगाडि बढेमा लक्ष्य प्राप्त हुनेछ । परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  ५ : ४५ बजे

सडकमा कलम बेच्ने ती बालक, जो पछि करोडौँलाई हँसाउने जोनी लिभर बने

बलिउड सिनेमा उद्योगमा जब कमेडीको चर्चा हुन्छ, सबैभन्दा पहिले सम्झिने

कलाकार बलेमाथि अमेरिकाबाट युवतीले लगाइन् गम्भीर आरोप

काठमाडौं– कलाकार कथा मोडल सागर लम्साल बलेमाथि अमेरिकामा बस्दै आएको

आईपीएल : सनराइजर्स हैदराबादको पहिलो जित, कोलकाता ६५ रनले पराजित

कोलकाता- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत बिहीबार सम्पन्न खेलमा

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौँ – प्रतिनिधि सभाको सभामुख चयनका लागि शुक्रबार उम्मेदवारी दर्ता

आठ महिनामा विदेश पुगेका नेपालीले पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ – चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले