इराकमा अमेरिकी तेल ट्यांकरमाथि हमला, एक भारतीयको मृत्यु « Khabarhub

इराकमा अमेरिकी तेल ट्यांकरमाथि हमला, एक भारतीयको मृत्यु


२८ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इराकको बसरा नजिक कच्चा तेल बोकेको अमेरिकी ट्यांकरमाथि भएको हमलामा एक भारतीय नागरिकको मृत्यु भएको छ।

इराकस्थित भारतीय दूतावासका अनुसार मार्शल आइल्यान्डको झण्डा बोकेको अमेरिकी कच्चा तेल ट्यांकर ‘सेफसी विष्णु’ माथि हिजो बिहीबार हमला गरिएको थियो।

दूतावासले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको बयानमा घटनामा संलग्न समूहबारे भने खुलाइएको छैन।

जहाजमा रहेका अन्य १५ भारतीय क्रु सदस्यलाई भने सुरक्षित स्थानमा सारिएको दूतावासले जनाएको छ।

बगदादस्थित भारतीय दूतावासले इराकी अधिकारीहरू तथा उद्धार गरिएका भारतीय नाविकहरूसँग निरन्तर सम्पर्कमा रहेको र आवश्यक सबै सहयोग उपलब्ध गराइरहेको जनाएको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  २ : ३८ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका