ग्लोबल आइएमई बैंकले स्थापना गर्‍यो ‘नन् रेसिडेन्ट र ओभरसिज बैङ्किङ विभाग’ « Khabarhub

ग्लोबल आइएमई बैंकले स्थापना गर्‍यो ‘नन् रेसिडेन्ट र ओभरसिज बैङ्किङ विभाग’


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरूका लागि डेडिकेटेड र पूर्ण बैङ्किङ सेवा उपलब्ध गराउने उद्देश्यले नन् रेसिडेन्ट तथा ओभरसिज बैङ्किङ विभागको स्थापना तथा शुभारम्भ गरेको छ । 

बिहीबार आयोजित एक कार्यक्रमकाबीच बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त विभागको औपचारिक शुभारम्भ गरे । 

नेपालमै पहिलो पटक सुरु गरिएको यस विभागमार्फत आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति, प्रविधि र सेवा संयन्त्रलाई एकीकृत गर्दै विश्वभर रहेका ग्राहकहरूलाई एकद्वार प्रणालीमार्फत् सेवा प्रदान गर्ने बैंकको दाबी छ । 

बैंकले ग्राहकहरूलाई ग्राहक सेवा नम्बर, इमेल, वैदेशिक प्रतिनिधि कार्यालय तथा काठमाडौंको नक्सालस्थित विभागको कार्यालयमार्फत विभिन्न सेवाहरू उपलब्ध गराउने जनाएको छ । 

विभागको औपचारिक उद्घाटन गर्दै अध्यक्ष ढकालले विदेशमा बसोबास गर्ने नेपाली नेपालको विकास र प्रगतिका महत्वपूर्ण साझेदार रहेको र यस नयाँ विभागबाट बैंकले प्रदान गर्ने सेवाबाट विदेशमा बस्ने नेपालीलाई आफ्नो मातृभूमिसँग जोडिन थप सहयोग पुग्ने बताए ।

‘यस नन्–रेसिडेन्ट तथा ओभरसिज बैङ्किङ विभागमार्फत ग्लोबल आइएमई बैंकले विदेशमा रहेका नेपाली नागरिकहरूलाई उहाँहरूको आवश्यकता अनुरूप पूर्ण बैङ्किङ सेवाहरू प्रदान गर्ने छ । यस विभागले विभिन्न सेवामार्फत उहाँहरूको सपना, लगानी र स्वदेशमा रहेका परिवारसँग जोड्न सहयोग पुर्‍याउनेछ । नेपालीहरू जहाँ भए पनि सहज, द्रुत र पारदर्शी रुपमा पूर्ण बैङ्किङ सेवा प्रदान गर्ने यो हाम्रो महत्त्वपूर्ण प्रयास हो,’ उनले भने ।

यसै अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस विभागबाट प्रदान हुने सेवाले विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई नेपालसँग जोडिन थप सहज हुने बताए । 

‘यस नन् रेसिडेन्ट तथा ओभरसिज बैङ्किङ विभागमार्फत ग्लोबल आइएमई बैंकले रेमिट्यान्स सेवाका अतिरिक्त विदेशमा रहेका नेपालीहरूलाई विदेशमा बस्दाकै बखत नेपालमा लगानी गर्न र उनीहरूको आवश्यकता तथा चाहनालाई पुरा गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेछ,’ उनले भने ।

उक्त शुभारम्भ कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ व्यवस्थापकहरूको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  ५ : १४ बजे

चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने

चितवन – चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने भएको छ ।

मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु, दुई जना घाइते

मकवानपुर – बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लागेर मकवानपुरगढी गाउँपालिका–२

आजका समाचार : संसद्‍मा शीर्ष नेताहरूको सम्बोधन, ओली-लेखक थप दुई दिन हिरासतमै रहने, एसईई सुरु र पश्चिम एशियामा युद्ध जारी

एमालेलाई रमेश लेखकको माया लाग्दा कांग्रेससहितका अरू दल सरकारसँग नरमप्रतिनिधिसभाको

सरकारले ७८ गाउँपालिकामा खटायो प्रमुख प्रशासकीय अधिकृत

काठमाडौं- सरकारले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।

रमेश लेखकलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध