नयाँदिल्ली- भारत सरकारले नेपालमा गत फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा स्वागत गरेको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बिहीबार नियमित प्रेस ब्रिफिङका क्रममा नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा स्वागत गरिएको जनाएका छन् ।
साप्ताहिक मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता जैसवालले नेपालमा हालै सम्पन्न निर्वाचनको सफल समापनप्रति भारत सरकारले स्वागत गरेको बताएका हुन्।
प्रवक्ताका जैसवालकाा अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहसँग टेलिफोनमार्फत कुराकानी गरेका पनि बताएका छन्। उनीहरूलाई निर्वाचनमा प्राप्त सफलताका लागि प्रधानमन्त्री मोदीले बधाई दिएका उनले जानकारी दिए ।
विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनमा प्राप्त गरेको उल्लेखनीय सफलताका लागि उनले शुभकामना व्यक्त गरेको भारतीय विदेश मन्त्रालयले उल्लेख गरेको छ।
कुराकानीका क्रममा प्रधानमन्त्री मोदीले भारत नेपालका जनता र नयाँ सरकारसँग नजिकबाट सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका थिए।
उनले शान्ति, प्रगति र समृद्धिको साझा लक्ष्य हासिल गर्न दुई देशबीचको सहकार्यलाई अझ उच्चस्तरमा पुर्याउने इच्छा व्यक्त गरेको मन्त्रालयले जनाएको छ।
भारत र नेपालबीचको सम्बन्ध अद्वितीय र बहुआयामिक रहेको उल्लेख गर्दै आगामी दिन तथा वर्षहरूमा यो साझेदारी अझ सुदृढ हुँदै जाने अपेक्षा गरिएको पनि मन्त्रालयले बताएको छ।













प्रतिक्रिया