दाबी : इरानका नयाँ सर्वोच्च नेता पनि गम्भीर घाइते, पुगेका छन् कोमा ! « Khabarhub

दाबी : इरानका नयाँ सर्वोच्च नेता पनि गम्भीर घाइते, पुगेका छन् कोमा !


२८ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


897
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानका नयाँ सर्वोच्च नेता मोज्ताबा खामेनेईको स्वास्थ्य अवस्थाबारे गम्भीर दाबी सार्वजनिक भएको छ। केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका रिपोर्ट अनुसार इरानका नयाँ सर्वोच्च नेता मोज्ताबा खामेनेई गम्भीर घाइते भएर कोमामा रहेको दाबी गरिएको छ।

रिपोर्टअनुसार उनको एउटा खुट्टा काटिएको छ। त्यसैगरी पेटसहित कलेजोमा गम्भीर क्षति पुगेको बताइएको छ।

बेलायती अनलाइन मिररले स्रोतलाई उद्धृत गर्दै लेखेअनुसार उनी हाल सिना युनिभर्सिटी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत छन्। अस्पतालको केही भाग सुरक्षा निकायले बन्द गरेर कडा सुरक्षा व्यवस्था मिलाएको छ।

इरानकोराजधानी तेहरानबाट उद्धृत स्रोतलाई आधार मान्दै प्रकाशित रिपोर्टमा अस्पतालको ट्रमा टिमसँग सम्पर्कमा रहेका व्यक्तिले यस्तो जानकारी दिएको दाबी गरिएको छ।

ती व्यक्तिका अनुसार खामेनेईको अवस्था ‘अत्यन्त गम्भीर’ रहेको छ। रिपोर्टमा उनलाई इरानका स्वास्थ्य मन्त्रीसमेत रहेका ट्रमा सर्जन मोहम्मद रेजा जाफार्ग्जानीको निगरानीमा उपचार गरिरहेको उल्लेख गरिएको छ।

यद्यपि खामेनेईको चोटपटक कसरी लागेको हो भन्ने विषयमा स्पष्ट विवरण सार्वजनिक भएको छैन। केही रिपोर्टले हालको युद्धको सुरुवातमा बुवा अली खामेनेईको मृत्यु भएको आक्रमणकै क्रममा उनी घाइते भएको हुन सक्ने अनुमान गरेका छन्।

यसैबीच इरानी सरकारी टेलिभिजनले उनलाई ‘जनबाज’ अर्थात् शत्रुको आक्रमणबाट घाइते भएको व्यक्ति भनेर उल्लेख गरेको छ। उक्त प्रसारणमा वर्तमान युद्धलाई ‘रमजान युद्ध’ भन्दै खामेनेई घाइते भएको उल्लेख गरिएको थियो।

उनलाई नयाँ सर्वोच्च नेताको रूपमा घोषणा गरिएपछि तेहरानका सडकमा समर्थकहरू जम्मा भएर नाराबाजी र उत्सव मनाएको दृश्य पनि इरानी सरकारी टेलिभिजनले प्रसारण गरेको बताइएको छ। हालसम्म इरान सरकारले भने खामेनेईको स्वास्थ्य अवस्थाबारे आधिकारिक रूपमा विस्तृत पुष्टि गरेको छैन।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  ५ : ५३ बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी