दाबी : इरानका नयाँ सर्वोच्च नेता पनि गम्भीर घाइते, पुगेका छन् कोमा ! « Khabarhub

दाबी : इरानका नयाँ सर्वोच्च नेता पनि गम्भीर घाइते, पुगेका छन् कोमा !


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


897
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानका नयाँ सर्वोच्च नेता मोज्ताबा खामेनेईको स्वास्थ्य अवस्थाबारे गम्भीर दाबी सार्वजनिक भएको छ। केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका रिपोर्ट अनुसार इरानका नयाँ सर्वोच्च नेता मोज्ताबा खामेनेई गम्भीर घाइते भएर कोमामा रहेको दाबी गरिएको छ।

रिपोर्टअनुसार उनको एउटा खुट्टा काटिएको छ। त्यसैगरी पेटसहित कलेजोमा गम्भीर क्षति पुगेको बताइएको छ।

बेलायती अनलाइन मिररले स्रोतलाई उद्धृत गर्दै लेखेअनुसार उनी हाल सिना युनिभर्सिटी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत छन्। अस्पतालको केही भाग सुरक्षा निकायले बन्द गरेर कडा सुरक्षा व्यवस्था मिलाएको छ।

इरानकोराजधानी तेहरानबाट उद्धृत स्रोतलाई आधार मान्दै प्रकाशित रिपोर्टमा अस्पतालको ट्रमा टिमसँग सम्पर्कमा रहेका व्यक्तिले यस्तो जानकारी दिएको दाबी गरिएको छ।

ती व्यक्तिका अनुसार खामेनेईको अवस्था ‘अत्यन्त गम्भीर’ रहेको छ। रिपोर्टमा उनलाई इरानका स्वास्थ्य मन्त्रीसमेत रहेका ट्रमा सर्जन मोहम्मद रेजा जाफार्ग्जानीको निगरानीमा उपचार गरिरहेको उल्लेख गरिएको छ।

यद्यपि खामेनेईको चोटपटक कसरी लागेको हो भन्ने विषयमा स्पष्ट विवरण सार्वजनिक भएको छैन। केही रिपोर्टले हालको युद्धको सुरुवातमा बुवा अली खामेनेईको मृत्यु भएको आक्रमणकै क्रममा उनी घाइते भएको हुन सक्ने अनुमान गरेका छन्।

यसैबीच इरानी सरकारी टेलिभिजनले उनलाई ‘जनबाज’ अर्थात् शत्रुको आक्रमणबाट घाइते भएको व्यक्ति भनेर उल्लेख गरेको छ। उक्त प्रसारणमा वर्तमान युद्धलाई ‘रमजान युद्ध’ भन्दै खामेनेई घाइते भएको उल्लेख गरिएको थियो।

उनलाई नयाँ सर्वोच्च नेताको रूपमा घोषणा गरिएपछि तेहरानका सडकमा समर्थकहरू जम्मा भएर नाराबाजी र उत्सव मनाएको दृश्य पनि इरानी सरकारी टेलिभिजनले प्रसारण गरेको बताइएको छ। हालसम्म इरान सरकारले भने खामेनेईको स्वास्थ्य अवस्थाबारे आधिकारिक रूपमा विस्तृत पुष्टि गरेको छैन।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  ५ : ५३ बजे

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको