समानुपातिक सिट बाँडफाँट, रास्वपालाई ५७ सिट मिल्दा श्रमसंस्कृति र राप्रपालाई ४-४ सिट « Khabarhub

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई ५७ सिट मिल्दा श्रमसंस्कृति र राप्रपालाई ४-४ सिट

कांग्रेसलाई २० सिट, एमालेलाई १६ सिट


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन मतगणनाकार्य सम्पन्न भएको जनाएको छ।

आयोगले बिहीबार वक्तव्य जारी गरेर पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका १६५ वटै निर्वाचन क्षेत्रमा सम्बन्धित मुख्य निर्वाचन तथा निर्वाचन अधिकृतको कार्यालयबाट अन्तिम मत परिणाम सार्वजनिक गरिसकेको जनाएको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि सम्पूर्ण मतगणना सम्पन्न भई प्रतिनिधिसभा सदस्यको निर्वाचन ऐन २०१७ को दफा ६० अनुसार सिट बाँडफाँट गरेको जनाएको छ।

आयोगका अनुसार कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदातामध्ये प्रत्यक्षतर्फ १ करोड ११ लाख ६८ हजार ३२ जनाले मतदान गरेका थिए। त्यसमध्ये १ करोड ५५ लाख ५९ हजार १७ मत अर्थात् ९४.५५ प्रतिशत मत सदर भएको छ।

यस्तै समानुपातिकतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मत खसेकोमा १ करोड ८ लाख ३५ हजार २५ मत अर्थात् ९६.०५ प्रतिशत मत सदर भएको आयोगले जनाएको छ।

समानुपातिकतर्फ जसले पाए सिट

समानुपातिक प्रणालीतर्फ ३ प्रतिशतको थ्रेसहोल्ड पार गर्ने ६ राजनीतिक दलले राष्ट्रिय पार्टीको मान्यता पाएका आयोगले जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी-५७ सिट

नेपाली कांग्रेस -२० सिट

नेकपा एमाले -१६ सिट

नेकपा -९ सिट

श्रमसंस्कृति पार्टी -४ सिट

राष्ट्रिय प्रजातन्त्र पार्टी-४ सिट

आयोगले प्राप्त सिट संख्याअनुसार तीन दिनभित्र समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम छनोट गरी पठाउन सम्बन्धित राजनीतिक दलहरूलाई पत्राचार गरिएको जनाएको छ।

Screenshot

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  ८ : ०५ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी