रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने « Khabarhub

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

गुल्मी – राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि पूर्णरुपमा बन्द हुने भएको छ ।

उक्त सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिकास्थित सिस्ने भीरमा सडक स्तरोन्नति गर्ने कार्य सुरु हुने भएको हुँदा कारण आगामी चैत १ देखि चैत ३० गतेसम्म सडक बन्द गर्ने निर्णय गरिएकोे हो ।

सडक डिभिजन कार्यालय पाल्पाको २०८२ फागुन २८ गतेको पत्रअनुसार उक्त राजमार्गको अति संवेदनशील र साँघुरो स्थान सिस्ने भीरमा सडक कटिङ गर्ने क्रममा ढुङ्गा खस्ने जोखिम बढेकाले दुर्घटना हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै सडक बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए ।

प्रशासनले सो सडक स्तरोन्नतिको काम गर्दा सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गरी आवागमनका गर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले वैकल्पिक सडकका रूपमा सोता–तल्लोरोड–रुपाकोट–दोकुवा–सालघारी–चोरकाटे तथा मजुवा–दम्का–रुपाकोट–म्यालपोखरी–चोरकाटे सडक प्रयोग गर्न आग्रह गरेको छ ।

सडक स्तरोन्नतिको काम सम्पन्न गर्न सहयोगका लागि सरोकारवालालाई अनुरोध गरेको छ । प्रशासनले आज सार्वजनिक रुपमा सूचना जारी गरी उक्त सडक एक महिना २४सै घण्टा बन्द रहने जनाएको हो । सडक डिभिजन कार्यालय पाल्पाले गत माघ २६ देखि फागुन १५ गतेसम्म आंशिक रुपमा सडक बन्द गरी स्तरोन्नतिको काम गरेको थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  ८ : ५० बजे

अमेरिका–इरान द्वन्द्व : १४ सर्वसाधारणको मृत्यु, होर्मुज हुँदै आवतजावत गर्ने जहाज घटे

काठमाडौं – अमेरिका र इरानबीच सैन्य आक्रमणको शृङ्खला बिहीबार पनि

ठोरीमा भारतीय सवारीलाई अस्थायी पास, दुई कर्मचारी खटाइयो

काठमाडौं- पर्साको ठोरी नाकाबाट भारतीय सवारीसाधनलाई सरकारले ‘अस्थायी प्रवेश पास’ दिने व्यवस्था

रुसी ट्यांकरमा युक्रेनको आक्रमण तीव्र

काठमाडौं – युक्रेनले रुसद्वारा अधिग्रहित क्रिमिया वरपरका समुद्री आपूर्ति मार्गमा ड्रोन आक्रमण

काठमाडौं महानगरको अधिवेशन सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको १९औँ अधिवेशन एवं नगरसभा सम्पन्न भएको छ

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको