शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस् « Khabarhub

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।

‘१६५ वटै निर्वाचन क्षेत्रको निर्वाचन परिणामको समीक्षा कार्य सुरु भइसकेको छन’ उनले लेखेका छन्, ‘यो प्रक्रिया पूरा भएपछि आम निर्वाचन २०८२ को समग्र समीक्षा गरिनेछ ।’

महासचिव पोखरेलले पार्टीको आन्तरिक एकतालाई कमजोर बनाउने उद्देश्यले केही मिडियामार्फत पार्टी नेताहरूको नाममा भइरहेको मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न सम्पूर्ण पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।

विगतका गम्भीर संकट र चुनौतीहरूलाई सामना गर्दै हाम्रो पार्टी यहाँसम्म आइपुगेको उल्लेख गर्दै उनले अहिलेका चुनौतीहरूलाई पनि दृढतापूर्वक सामना गर्दै एमाले पुनः थप मजबुत भएर अघि बढ्ने दृढता व्यक्त गरेका छन् ।

जनतासँगको सम्बन्ध र विश्वास पुनःस्थापित गर्नेतर्फ विशेष जोड दिदैँ उनले एकताबद्ध भएर काम गरेमा एमाले सफल हुने उनको दाबी छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  ८ : ५४ बजे

ट्रम्पको धम्कीबीच अहवाज पुलमा इरानीहरूले फहराए राष्ट्रिय झण्डा

तेहरान – इरानको अर्ध–सरकारी तस्निम समाचार एजेन्सीले दक्षिण–पश्चिमी शहर अहवाजको

इन्धन मूल्य वृद्धिबीच श्रीलङ्काद्वारा माछा मार्ने डुङ्गाका लागि अनुदान स्वीकृत

काठमाडौं – विश्वव्यापी रूपमा इन्धनको मूल्य वृद्धि भइरहेका बेला त्यसको

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

काठमाडौं – ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको

सम्भावित नयाँ रोगको सामना गर्न एकीकृत रूपमा अगाडि बढिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले सम्भावित नयाँ रोगहरूको

तनहुँ एक वर्षीय छोरासहित आमा मृत फेला

तनहुँ – जिल्लाको भानु नगरपालिका–६ पण्डिथरमा आज एक वर्षीय छोरासहित