समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी « Khabarhub

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको टुंगो लगाउन भइरहेको पार्टीभित्रको रस्साकस्सीबारे सामाजिक सञ्जाल फेसबुकमार्फत आक्रोस पोखेका छन् ।

समानुपातिकतर्फ जम्मा ४ सांसद पक्कापक्की गरेको यो दलभित्र आकांक्षी धेरै भएपछि साम्पाङले आक्रोश पोखेका हुन् ।

उनले अबदेखि समानुपातिकको विषयमा रोइलो गर्नेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने चेतावनी दिएका छन् ।

‘अब उप्रान्त समानुपातिकको विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गर्नेछु । हद भो,’ उनले लेखेका छन् ।

त्यसअघि उनले भात खाऊ, मेरो टाउको नखाऊ भन्दै फेसबुकमै पोस्ट गरेका थिए । श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ सिट जितेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  १० : १५ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको