समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी « Khabarhub

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी


२८ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको टुंगो लगाउन भइरहेको पार्टीभित्रको रस्साकस्सीबारे सामाजिक सञ्जाल फेसबुकमार्फत आक्रोस पोखेका छन् ।

समानुपातिकतर्फ जम्मा ४ सांसद पक्कापक्की गरेको यो दलभित्र आकांक्षी धेरै भएपछि साम्पाङले आक्रोश पोखेका हुन् ।

उनले अबदेखि समानुपातिकको विषयमा रोइलो गर्नेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने चेतावनी दिएका छन् ।

‘अब उप्रान्त समानुपातिकको विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गर्नेछु । हद भो,’ उनले लेखेका छन् ।

त्यसअघि उनले भात खाऊ, मेरो टाउको नखाऊ भन्दै फेसबुकमै पोस्ट गरेका थिए । श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ सिट जितेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  १० : १५ बजे

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका

प्रदर्शनअघि नै ‘रामायण’को विश्वव्यापी क्रेज, अग्रिम टिकट बिक्री २० करोड भारु नाघ्यो

काठमाडौं– बलिउड  बहुप्रतीक्षित फिल्म ‘रामायण’ले प्रदर्शनअघि नै बक्स अफिसमा बलियो

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको राजनीतिक

तस्बिरमा चितवनको ब्याटिङ र विराटनगरको बलिङ

काठमाडाैँ– नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा चितवन