कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु « Khabarhub

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु


२८ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य एवं पोखरा महानगरपालिकाका पूर्व मेयर कृष्ण थापाको निधनमा दुःख व्यक्त गरेका गरेका छन् ।

पोखरामा आज पार्टीको निर्वाचन समिक्षा बैठकमा मन्तव्यका क्रममा बेहोस भएका थिए । मणीपाल अस्पताल पुर्याए लगत्तै उहाँलाई डाक्टरले मृत घोषणा गरेका थिए ।

थापासँग आफ्नो ४३ वर्ष पुरानो मित्रता भएको अध्यक्ष ओलीले स्मरण गरेका छन् ।

‘मेरा लागि उहाँ पार्टीको केन्द्रीय सदस्य मात्र होइन २०३९ साल देखिको साथी हुनुहुन्थ्यो’ अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निरंकुश व्यवस्थाका विरुद्ध जेल जीवनको क्रममा मलाइ पोखरा कारागार सारिदाको समय देखिका मेरा मित्रको निधनले मर्माहित छु ।’

अध्यक्ष ओलीले थापाप्रति श्रद्धान्जली व्यक्त गर्दै शोकमा रहेका परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

थापा २०५४ सालमा पोखराको मेयर थिए । २०७४ सालमा प्रदेशसभा सदस्य थिए । २०७९ को स्थानीय तहको निर्वाचनमा पनि उगी पोखरा महानगरको मेयरमा प्रतिष्पर्धा गरेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  १० : ३९ बजे

चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ

‘कलेजी-ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र