कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु « Khabarhub

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य एवं पोखरा महानगरपालिकाका पूर्व मेयर कृष्ण थापाको निधनमा दुःख व्यक्त गरेका गरेका छन् ।

पोखरामा आज पार्टीको निर्वाचन समिक्षा बैठकमा मन्तव्यका क्रममा बेहोस भएका थिए । मणीपाल अस्पताल पुर्याए लगत्तै उहाँलाई डाक्टरले मृत घोषणा गरेका थिए ।

थापासँग आफ्नो ४३ वर्ष पुरानो मित्रता भएको अध्यक्ष ओलीले स्मरण गरेका छन् ।

‘मेरा लागि उहाँ पार्टीको केन्द्रीय सदस्य मात्र होइन २०३९ साल देखिको साथी हुनुहुन्थ्यो’ अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निरंकुश व्यवस्थाका विरुद्ध जेल जीवनको क्रममा मलाइ पोखरा कारागार सारिदाको समय देखिका मेरा मित्रको निधनले मर्माहित छु ।’

अध्यक्ष ओलीले थापाप्रति श्रद्धान्जली व्यक्त गर्दै शोकमा रहेका परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

थापा २०५४ सालमा पोखराको मेयर थिए । २०७४ सालमा प्रदेशसभा सदस्य थिए । २०७९ को स्थानीय तहको निर्वाचनमा पनि उगी पोखरा महानगरको मेयरमा प्रतिष्पर्धा गरेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  १० : ३९ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको