सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित « Khabarhub

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो जित दर्ता गरेको छ। लगातार तीन हार व्यहोरेको चेन्नईले शनिबार सम्पन्न आफ्नो चौथो खेलमा दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गरेको हो।

चेन्नईले प्रस्तुत गरेको २१३ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १८९ रन मात्र बनाउन सक्यो। दिल्लीका लागि दक्षिण अफ्रिकी ब्याटर ट्रिस्टन स्टब्सले ३८ बलमा ६० रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जिताउन सकेनन्। ओपनर पाथुम निस्सान्काले ४१ रनको योगदान दिए।

दिल्लीलाई रोक्ने क्रममा चेन्नईका जेमी ओभरटनले ४ र अंशुल काम्बोजले ३ विकेट लिए।

शतक बनाएपछि चेन्नईका सञ्जु सामसन। तस्बिरः क्रिकइन्फो

यसअघि दिल्लीका कप्तान अक्षर पटेलले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २१२ रनको विशाल योगफल तयार पारेको थियो। चेन्नईका लागि सञ्जु सामसनले ११५ रनको विष्फोटक अविजित शतकीय इनिङ्स खेले । दिल्लीको जितमा आयुष म्हात्रेले ५९ रनको अर्धशतकीय योगदान महत्त्वपूर्ण रहयो।

आईपीएल तालिकामा दिल्ली चार खेलमा एक जित निकाल्दा दुई अंकसहित नवौं स्थानमा छ । समान चार खेलमा दुई हार र दुई जित निकालेको दिल्ली चार अंकका साथ चौथो स्थानमा छ ।

आईपीएल तालिकामा अपराजित राजस्थान चार खेलमा आठ अंक जोड्दै शीर्ष स्थानमा छ । पञ्जाब चार खेलमा सात अंकसहित दोस्रो स्थानमा छ भने आरसीबी तीन खेल खेल्दा चार अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ६ : ०२ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि