गृहमन्त्री गुरुङ मध्यरातमा भरतपुरमा : प्रहरी शिक्षालयको निरीक्षण « Khabarhub

गृहमन्त्री गुरुङ मध्यरातमा भरतपुरमा : प्रहरी शिक्षालयको निरीक्षण


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

चितवन – गृहमन्त्री सुधन गुरुङ मध्यरातमा चितवनको भरतपुर पुगेका छन्। उनलाई नेपाल प्रहरी शिक्षालयमा स्वागत गरिएको छ।

गृहमन्त्री गुरुङलाई स्वागत गर्न बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक रेग्मी, नेपाल प्रहरी शिक्षालयकी समादेशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तारादेवी थापा तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) एकनारायण कोइरालालगायतका उच्च अधिकारी शिक्षालय पुगेका थिए।

मध्यरातमा भरतपुर आइपुगेका मन्त्री गुरुङले शिक्षालयको वस्तुस्थितिबारे जानकारी लिनुका साथै उपस्थित प्रहरी अधिकृतसँग संक्षिप्त कुराकानी गरेका थिए। उनको यो भ्रमणलाई सुरक्षा निकायको मनोबल उच्च बनाउने र स्थानीय सुरक्षा अवस्थाको जानकारी लिने प्रयासका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ६ : ४० बजे

इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानका ११ जनाको मृत्यु

लेबनान- दक्षिणी लेबनानमा रातभर भएको इजरायली हवाई आक्रमणमा दुई शिशुसहित कम्तीमा

नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’

काठमाडौं- नेपाल हुलाकले दुर्गम क्षेत्रमा पुर्‍याउँदै आएको सेवाका लागि एसिया

ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग

काठमाडौं– ठमेल पर्यटन विकास परिषद्ले रसुवाका बाढीपीडितलाई राहत सामग्री सहयोग

नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग

काठमाडौं- नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्लाहरूमा बीमा सेवामा सहजीकरण