वासिङ्टनको नियतमाथि तेहरानको प्रश्न : इरानको अधिकार स्वीकार गर्न आग्रह « Khabarhub

वासिङ्टनको नियतमाथि तेहरानको प्रश्न : इरानको अधिकार स्वीकार गर्न आग्रह


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानले अमेरिकासँगको शान्ति वार्ताका क्रममा वासिङ्टनलाई ‘अनावश्य माग’ र ‘अवैध दाबी’बाट पछि हट्न आग्रह गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले एक विज्ञप्ति जारी गर्दै वार्ताको सफलता विपक्षी पक्षको गम्भीरता र इमानदारीमा निर्भर रहने उल्लेख गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रवक्ता बकाईले हाल भइरहेको वार्तालाई ‘सघन’ भएको बताएका छन् । उनले अमेरिकालाई इरानको अधिकार र हित स्वीकार गर्न समेत आह्वान गरेका छन् । “जारी वार्ताको परिणाम विपक्षी पक्षले कति गम्भीरताका साथ लिन्छ र इरानका न्यायोचित सरोकारलाई कसरी सम्बोधन गर्छ भन्नेमा आधारित हुनेछ,” बकाईले भनेका छन् ।

वार्ताका क्रममा मुख्यगरी हर्मोज, इरानको आणविक कार्यक्रम र ‘इरानमा जारी युद्धको पूर्ण अन्त्य’ जस्ता गम्भीर विषयमा छलफल भएको हो ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पाकिस्तानको इस्लामावादमा आयोजना हुने पत्रकार सम्मेलनमार्फत यसबारे औपचारिक जानकारी दिएका छन्।

भ्यान्सले परमाणु मुद्दामा इरानका तर्फबाट हालसम्म कुनै ठोस प्रतिबद्धता नआएको बताएका छन्।

वार्ताको प्रगतिबारे जानकारी दिँदै उपराष्ट्रपति भ्यान्सले भने, “हामीले हाम्रो तर्फबाट उत्तम र अन्तिम प्रस्ताव दिइसकेका छौँ, तर तेहरानबाट हुनुपर्ने आधिकारिक निर्णय अझै पर्खिरहेका छौँ ।”

सञ्चारकर्मीसँगको अन्तरक्रियामा भ्यान्सले इरानको परमाणु क्षमता नियन्त्रण गर्नु नै राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको ‘मूल लक्ष्य’ रहेको प्रस्ट पारे । “इरानले परमाणु हतियार निर्माण गर्ने छैन र त्यसका लागि आवश्यक पूर्वाधार वा उपकरण पनि जुटाउने छैन भन्नेमा हामी विश्वस्त हुन चाहन्छौँ,” उनले भने, “यसका लागि इरानको तर्फबाट स्पष्ट प्रतिबद्धता आउनु अनिवार्य छ, जुन अहिलेसम्म देखिएको छैन ।”

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ८ : ३५ बजे

अमेरिका-इरानलाई पाकिस्तानले भन्यो- दुवै पक्ष संयमित हुनुपर्छ

इस्लामावाद – पाकिस्तानका परराष्ट्रमन्त्रीले अमेरिका र इरानबीचको शान्ति वार्ता सम्पन्न

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी