गायिका आशा भोसले अस्पताल भर्ना : इमर्जेन्सी युनिटमा उपचार हुँदै « Khabarhub

गायिका आशा भोसले अस्पताल भर्ना : इमर्जेन्सी युनिटमा उपचार हुँदै


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

मुम्बई- भारतीय सुगम संगीतकी शिखर व्यक्तित्व तथा प्रसिद्ध गायिका आशा भोसले अस्पताल भर्ना भएकी छन् । ९२ वर्षीया भोसलेको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको हो ।

छातीमा संक्रमण र अत्यधिक थकानका कारण स्वास्थ्य बिग्रिएपछि उनलाई शनिबार अस्पताल पुर्‍याइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हाल उनको अस्पतालको ‘इमर्जेन्सी मेडिकल युनिट’ उपचार भइरहेको छ ।

९२ वर्षको उमेरमा दिग्गज गायिकाको स्वास्थ्य अवस्था जटिल बनेको खबर बाहिरिएसँगै संगीत क्षेत्रका हस्ती र उनका प्रशंसकमा चिन्ता छाएको छ । सामाजिक सञ्जालमार्फत कलाकर्मी र शुभेच्छुकले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

अस्पताल स्रोतका अनुसार उनको अवस्था स्थिर रहे पनि चिकित्सकको विशेष निगरानीमा उपचार प्रक्रिया अगाडि बढाइएको छ । सात दशकभन्दा लामो संगीत यात्रामा हजारौँ कालजयी गीत पस्किएकी भोसलेको स्वास्थ्य अपडेटमा उनका फ्यानले विशेष चासो राखेका छन्।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ९ : १४ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी