युट्युबर पोख्रेल पक्राउमा जेन-जी मुभमेन्टको आपत्ति, तत्काल रिहाइको माग « Khabarhub

युट्युबर पोख्रेल पक्राउमा जेन-जी मुभमेन्टको आपत्ति, तत्काल रिहाइको माग


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युट्युबर रोशन पोख्रेल पक्राउको विषयलाई लिएर जेन-जी मुभमेन्ट नेपालले कडा आपत्ति जनाएको छ । संगठनका प्रवक्ता विजय शाहले आइतबार एक विज्ञप्ति जारी गर्दै अभिव्यक्तिकै आधारमा गरिएको यो पक्राउ गलत र आपत्तिजनक भएको बताएका छन् ।

अभिव्यक्ति स्वतन्त्रता प्रत्येक नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै यसको संरक्षण लोकतान्त्रिक व्यवस्थाको आधार भएको विज्ञप्तिमा जनाइएको छ । विचार र अभिव्यक्तिलाई अपराधका रूपमा लिने प्रवृत्तिले लोकतन्त्र कमजोर बनाउने चेतावनी समेत दिइएको छ ।

साथै, समान मापदण्डका आधारमा सबैमाथि निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै एकतर्फी रूपमा व्यक्तिलाई लक्षित गरी गरिने कारबाही कानुनी राज्यको सिद्धान्त विपरीत भएको उल्लेख गरिएको छ ।

जेन-जी मुभमेन्ट नेपालले पोख्रेललाई तत्काल रिहा गर्न माग गर्दै नागरिकको बोल्ने अधिकारको संरक्षण गर्न सम्बन्धित निकाय गम्भीर बन्नुपर्नेमा जोड दिएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  १२ : ४५ बजे

आशा भोसलेको त्यो अन्तिम नेपाल भ्रमण, गरेकी थिइन् – मृत्युलाई जोडेर व्यङ्ग्य

काठमाडौं – भारतीय गायिका आशा भोसलेले ०७६ पुसमा गरेको नेपाल

दुईदिने बिदाले अस्पतालका सेवाग्राही मारमा; मन्त्रालय भन्छ- सेवा दिनुपर्छ, चिकित्सक भन्छन्- सकिँदैन

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा बढ्दो कच्चा तेलको मूल्य र वैदेशिक मुद्रा

हाइटीमा भागदौड हुँदा ३० जनाको मृत्यु

पोर्ट ओ प्रिन्स- हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको

१९ केजी गाँजासहित युवक पक्राउ

सिरहा- सिरहाको जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ

इरान-अमेरिका वार्ता निष्कर्षविहीन, लेबनानमा रोकिएन इजरायली बम आक्रमण, कयौँ घाइते

इस्लामावाद- पाकिस्तानमा इरान र अमेरिकाबीच शान्ति प्रयासका लागि भएको वार्ता