‘राम नाम सत्य’को कमजोर ओपनिङ, आयुषले गर्न पाउलान् त सिक्वेल ? « Khabarhub

‘राम नाम सत्य’को कमजोर ओपनिङ, आयुषले गर्न पाउलान् त सिक्वेल ?


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


945
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मल्टिस्टारर एक्सन फिल्म ‘राम नाम सत्य’को ओपनिङ कमजोर देखिएको छ ।

आफ्नै निर्देशन र केन्द्रीय भूमिकामा बनेको ‘१२ गाउँ’ ब्लकबस्टर भएपछि नायक विराजले साइन गरेको ‘राम नाम सत्य’ले प्रदर्शनको सुरुवाती दिनमा ठूलो संख्याका दर्शकलाई हलसम्म तान्न सकेन ।

गीत, टिजर र ट्रेलर दर्शकले मन पराए पनि हलको कमजोर अकुपेन्सीले विराजको स्टारडम र क्रेज छर्लङै पारेको छ ।

यो फिल्ममा अन्य स्टारहरू नायक सुशील श्रेष्ठ, नायिकाहरू सुपुष्पा भट्ट र दिव्या रायमाझी पनि छन् । स्टार नै स्टार भएको फिल्मको व्यापार भने उत्साहजनक छैन । शुक्रबार र शनिबारको कमजोर अनुकपेन्सीका कारण हलहरूले आइतबार शो कटौती गरेका छन् ।

तथापि, शुक्रबारभन्दा शनिबार दर्शक बढेको र अकुपेन्सी चित्त बुझ्दो रहेको नायक विराज भट्ट बताउँछन् ।

उनी भन्छन्, ‘शुक्रबार दर्शकको उपस्थिति राम्रो थियो । शनिबार झन् बढ्यो । बिस्तारै बढ्नु राम्रो हो, पहिला धेरै दर्शक आएर स्वात्तै घट्नुभन्दा ।’

निर्माण पक्षले टिकटकर आयुषसिंह ठकुरीलाई फिल्मको शीर्ष कलाकारका रुपमा प्रचार गरेको थियो । तर, फिल्ममा उनको स्क्रिन टाइम निकै कम छ ।

फिल्मको अन्तिममा ‘राम नाम सत्य २’ बन्ने जानकारी दिएको छ । आयुषको उपस्थिति सिक्वेलका लागि स्थापित गर्न मात्रै गराइएको छ ।

पहिलो भाग नै नचलेका कारण सिक्वेल नबेको उदाहरणहरू टन्नै छन् । ‘राम नाम सत्य’लाई व्यापारिक रुपमा सफल हुन उत्तिकै सकस देखिन्छ ।

यो भएको खण्डमा सिक्वेल बन्ला त ? आयुषले अभिनय गर्न पाउलान् त ?

फिल्मका नायक विराज भट्ट भने सिक्वेल बन्ने दाबी गर्छन् । केही प्रतिशत छायाङ्कन भइसकेको बताउँदै सिक्वेलबारे ढुक्क रहन दर्शकलाई आश्वासन दिए ।

माइकल चन्दको निर्देशनमा यो फिल्म बनेको हो ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  १ : २३ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै