युद्धयता पहिलो पटक दुई अमेरिकी युद्धपोतले छिचोले स्ट्रेट अफ होर्मुज « Khabarhub

युद्धयता पहिलो पटक दुई अमेरिकी युद्धपोतले छिचोले स्ट्रेट अफ होर्मुज

इरानमाथि समुद्री नाकाबन्दीबारे सोच्दै ट्रम्प


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

तेहरान- इस्लामाबादमा अमेरिका र इरानबीच वार्ता चलिरहेकै समयमा स्ट्रेट अफ होर्मुजमा तनाव बढेको समाचार आएको छ।

वाल स्ट्रिट जर्नलका अनुसार अमेरिकी नौसेनाका दुई युद्धपोत उक्त समुद्री मार्गबाट अघि बढिरहेका थिए।

यस क्रममा इरानको रिभोल्युसनरी गार्ड नौसेनाले ती जहाजलाई रोक्ने प्रयास गर्दै ‘यो अन्तिम चेतावनी हो’ भनेको थियो ।

जवाफमा अमेरिकी जहाजले ‘हामी अन्तर्राष्ट्रिय कानुनअनुसार गुज्रिरहेका छौं, हाम्रो कुनै द्वन्द्वको उद्देश्य छैन र हामी युद्धविरामका नियमहरू पालना गरिरहेका छौं’ भने।

इरानको चेतावनीका बाबजुद पनि अमेरिकी जहाज बिनाकुनै टकराव उक्त मार्ग पार गर्न सफल भए। युद्ध सुरू भएपछि यो पहिलोपटक अमेरिकी जहाज होर्मुजबाट गुज्रिएका हुन् ।

ट्रम्पको रहस्यमय मौनता

इस्लामाबादमा अमेरिका र इरानबीच २१ घण्टा लामो वार्ता बिनाकुनै सहमति टुंगिएको छ। यस घटनाक्रममा अमेरिकी राष्ट्रपति ट्रम्पको मौनता सबैभन्दा चासोको विषय बनेको छ।

केही दिन अघिमात्रै कडा अभिव्यक्ति दिएका ट्रम्प अहिले मौन रहनुले परिस्थिति झन् जटिल बनेको देखिन्छ।

एकातिर कूटनीतिक बाटो पूर्ण रूपमा बन्द भइसकेको छैन भने अर्कोतर्फ पुनः युद्ध सुरू हुने जोखिम पनि कायम छ। यस्तो अवस्थामा ट्रम्पको आगामी कदम के हुन्छ भन्ने ठूलो प्रश्न बनेको छ।

पूर्व इरानी उपराष्ट्रपतिको प्रतिक्रिया

रातभर चलेको वार्ता युद्ध अन्त्य गर्ने सहमतिमा पुग्न सकेन। अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले यसलाई इरानभन्दा बढी अमेरिका लागि ‘नराम्रो खबर’ भनेका थिए।

यसप्रति प्रतिक्रिया दिँदै इरानका पूर्व उपराष्ट्रपति अताउल्लाह मोहाजेरानीले भने, ‘यो वास्तवमा अमेरिका लागि नै नराम्रो खबर हो। अमेरिका आफैँले वार्ताको प्रस्ताव गर्‍यो, मध्यस्थ तय गर्‍यो र इरानका सर्तहरू पनि स्वीकार गर्‍यो, तर वार्तामा उसले त्यही हासिल गर्न खोज्यो जुन उसले युद्धमैदानमा गर्न सकेन।’

समुद्री नाकाबन्दीको संकेत

वार्ता असफल भएपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत इरानविरुद्ध कडा कदम चाल्नुपर्ने सुझावसहितको एक लेख शेयर गरेका छन्। उक्त लेखमा इरानले अमेरिकी सर्त नमाने समुद्री नाकाबन्दी लगाउन सकिने उल्लेख छ।

यस्तो नाकाबन्दीले इरानको अर्थतन्त्रमा ठूलो दबाब पार्ने अनुमान छ। इरानी तेलमा निर्भर चीन र भारतजस्ता देशहरूमा पनि प्रभाव पार्ने बताइएको छ।

ट्रम्पले यसअघि भेनेजुएलाविरुद्ध पनि यस्तै रणनीति अपनाएका थिए, जसले त्यहाँको अर्थतन्त्रमा गम्भीर असर पारेको उल्लेख गरिएको छ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  १ : ४४ बजे

नेता मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा

काठमाडौं– वामनेता विष्णुबहादुर मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा आएको छ । 

कम्बोडियाद्वारा थाइल्यान्डलाई वार्ता गर्न आग्रह

न्होम्पेन- लामो समयदेखि विवादित रहँदै आएको सीमाक्षेत्रमा पुनः तनाव बढिरहँदा

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा

आशा भोसलेको त्यो अन्तिम नेपाल भ्रमण, गरेकी थिइन् – मृत्युलाई जोडेर व्यङ्ग्य

काठमाडौं – भारतीय गायिका आशा भोसलेले ०७६ पुसमा गरेको नेपाल

दुईदिने बिदाले अस्पतालका सेवाग्राही मारमा; मन्त्रालय भन्छ- सेवा दिनुपर्छ, चिकित्सक भन्छन्- सकिँदैन

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा बढ्दो कच्चा तेलको मूल्य र वैदेशिक मुद्रा