जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस : निर्णय फिर्ता लिन डा. केसीको माग « Khabarhub

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस : निर्णय फिर्ता लिन डा. केसीको माग


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रा.डा. गोविन्द केसीले ‘जेन-जी घाइते’लाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर दिने निर्णय कानुन विपरीत भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

शिक्षा मन्त्रालयले उक्त निर्णय नियम विपरीत नभएको भनेर दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै सरकार चिकित्सा शिक्षा सम्बन्धी ऐन र नियमावलीप्रति उदासीन देखिएको उनले आरोप लगाए । 

डा.केसीका अनुसार प्रधानमन्त्री बालेनको निर्देशनमा सम्बन्धित मन्त्रीहरूको सह-अध्यक्षत्वमा बसेको चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठकले गरेको निर्णय गैरकानुनी रहेको छ । साथै उनले शिक्षा मन्त्रालयको अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण भन्दै तत्काल फिर्ता लिन माग गरेका छन् ।

यसअघि २०८२ चैत १९ गते उनले जारी गरेको विज्ञप्तिमा योग्यता क्रमसूचीअनुसार मात्रै एमबीबीएस लगायतका विषयमा भर्ना हुने कानुनी व्यवस्था रहेको स्मरण गराउँदै विधिको शासन नतोड्न आग्रह गरेका थिए । उनले नवयुवतीको आकांक्षा पूरा गर्न वैकल्पिक उपाय खोज्न सरकारलाई सुझाव पनि दिएका थिए ।

डा. केसीले आफूहरू गुणस्तरीय, सुलभ र सबैका लागि समान पहुँच हुने शिक्षा तथा स्वास्थ्य सेवाका लागि लामो समयदेखि संघर्षरत रहेको उल्लेख गरे । सोही संघर्ष र जनदबाबका कारण चिकित्सा शिक्षा ऐन लागू भएको र यसबाट विद्यार्थी तथा नागरिक लाभान्वित भएको उनको भनाइ छ ।

उनले सरकारलाई ऐनविपरीत भएका निर्णय फिर्ता लिन, विगतमा भएका सम्झौताहरू कार्यान्वयन गर्न र शिक्षा–स्वास्थ्य क्षेत्र सुधारका मागहरू पूरा गर्न पुनः आग्रह गरेका छन् । अन्यथा सत्याग्रहसहितका आन्दोलन सुरु गर्न बाध्य हुने चेतावनी पनि उनले दिएका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  १ : ४५ बजे

नेता मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा

काठमाडौं– वामनेता विष्णुबहादुर मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा आएको छ । 

कम्बोडियाद्वारा थाइल्यान्डलाई वार्ता गर्न आग्रह

न्होम्पेन- लामो समयदेखि विवादित रहँदै आएको सीमाक्षेत्रमा पुनः तनाव बढिरहँदा

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा

आशा भोसलेको त्यो अन्तिम नेपाल भ्रमण, गरेकी थिइन् – मृत्युलाई जोडेर व्यङ्ग्य

काठमाडौं – भारतीय गायिका आशा भोसलेले ०७६ पुसमा गरेको नेपाल

दुईदिने बिदाले अस्पतालका सेवाग्राही मारमा; मन्त्रालय भन्छ- सेवा दिनुपर्छ, चिकित्सक भन्छन्- सकिँदैन

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा बढ्दो कच्चा तेलको मूल्य र वैदेशिक मुद्रा