नेता मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा « Khabarhub

नेता मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वामनेता विष्णुबहादुर मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा आएको छ । 

काठमाडौंमा आयोजित एक कार्यक्रममा शुक्रबार उक्त पुस्तक विमोचन गरिएसँगै बजारमा उपलब्ध भएको हो । आत्मवृत्तान्तमा मानन्धरको जीवनका विभिन्न कालखण्डका अनुभव, संस्मरण र राजनीतिक उतारचढाव समेटेर तयार पारिएको पुस्तक सार्वजनिक भएको हो ।

पुस्तक विमोचनका अवसरमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, पूर्व मन्त्रीहरू नीलाम्बर आचार्य, चन्द्रदेव जोशी, गणेश शाह र ठाकुर शर्मालगायतले कृति विमोचन गर्दै मानन्धरलाई एक त्यागी र निष्कलङ्क व्यक्तित्वका रूपमा चित्रण गरे। 

कार्यक्रममा मानन्धरका समकालीनसहित उनकी छोरी डा शान्ति जोशी, छोरा सुनील मानन्धर तथा लेखकहरू हरि रोका, डा सुरेन्द्र केसी र सङ्गीत श्रोताले संयुक्त रूपमा ‘सङ्घर्षका पानाहरू’ का साक्षीका रूपमा रहेको उल्लेख गरे । 

पुस्तकबारे अर्थशास्त्री तथा लेखक रोका र इतिहासकार डा केसीले समीक्षात्मक मन्तव्य दिँदै मानन्धरको आदर्श जीवन र योगदान स्मरणयोग्य रहेको बताए । उनीहरूले वर्तमान वामआन्दोलनका विकृति हटाउनसमेत मानन्धरको जीवन प्रेरणादायी हुने विचार व्यक्त गरे ।

पुस्तकमा २००७ सालपूर्वको नेपाल, मधेसको ग्रामीण परिवेश, २००७ सालको क्रान्तिमा पश्चिम ‘फ्रन्ट’को सशस्त्र सङ्घर्ष, २००९ सालको किसान आन्दोलन, २०१५ सालको निर्वाचन, कम्युनिस्ट पार्टीको दरभङ्गा प्लेनम, नेता केशरजङ्ग रायमाझीसँगको सङ्र्घ र फुट, २०४२ सालको सत्याग्रह, २०४६ सालको आन्दोलन, वाममोर्चाको भूमिका, तत्कालीन राजा वीरेन्द्रसँगको भेटवार्ता, माओवादी सशस्त्र युद्ध र ०६२/०६३ को जनआन्दोलन, पछिल्लो समयको कम्युनिस्ट आन्दोलन र विकृति आदि विषय र शीर्षकमा विविध विषय समेटिएका छन् । 

यस्तै, रौतहटमा भएको २००९ सालको किसान आन्दोलन र धनगढीदेखि नेपालगञ्जसम्म २००७ सालमा मुक्तिसेनाको हैसियतले निर्वाह गरेको भूमिकाबारे यसअघिका लेख, पुस्तक र रिपोर्टहरूमा तथ्यहरू ल्याइएकाले पनि यो पुस्तक लेख्नुपरेको पुस्तकको भूमिका खण्डमा चर्चा गरिएको छ । 

लेखक मानन्धरले यस पुस्तकबारे ‘मेरो भन्नु’ शीर्षकको भूमिकामा भनेका छन्, ‘मैले यस पुस्तकमार्फत आफ्नो राजनीतिक यात्रा समग्रमा आफ्नो जीवन यात्रामा बटुलेका अनुभवहरू प्रस्तुत गर्ने आफ्नो कर्तव्य पूरा गर्ने प्रयाससम्म गरेको हुँ ।’

विसं २००७ को क्रान्तिका एक कमान्डरसमेत रहेका मानन्धर २००९ सालदेखि जीवनपर्यन्त कम्युनिस्ट आन्दोलनमा रहेका थिए । उनको विसं २०७७ चैत १६ गते ९१ वर्षको उमेरमा निधन भएको थियो ।
 

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ३ : २९ बजे

आशाका कालजयी गीतमा स्कुले बच्चादेखि वृद्धसम्म ‘छमछमी’

मोहनी लाग्ला है !‘वसन्त नै बस्न खोज्छ यहाँ’‘किन बढ्दैछ ढुकढुकी

उपसभामुखमा जिल्लिएपछि राप्रपा चर्कियो विवाद, नयाँ नेतृत्वका लागि तत्काल महाधिवेशनमा जानुपर्ने माग

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र फागुन २१ गतेको निर्वाचनमा भएको पराजयको

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ, एकैदिन १०१ चालक कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरीले विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’ का 

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा– यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालनमा

हच सहरमा राष्ट्रिय फूल बगैंचा परियोजना सुरू, नेपाल-चीन सांस्कृतिक सहकार्यमा अर्को खुट्किलो

बेइजिङ- चीनको हच सहरस्थित मुतान जिल्लाको कूआन्यु पियोनी बगैंचामा ‘युनिभर्सल