काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधि सभा संसदीय दलको नेता आगामी वैशाख ४ गते छान्ने भएको छ।
कांग्रेसको निर्वाचन समितिका संयोजक प्रकाश स्नेहीले वैशाख ३ गते सहमति प्रयास गर्दा नजुटेमा ४ गते निर्वाचन गर्ने तयारी भएको बताए ।
‘वैशाख २ गते निर्वाचन समितिको बैठक बसेर संसदीय दलको नेता चयनका लागि तालिका ल्याउने तयारी गरेका छौँ’, उनले भने, ‘वैशाख ३ गते सर्वसम्मतिका लागि प्रयास हुनेछ । त्यहाँ सहमति हुन नसकेमा चुनावबाट दलको नेता चयन हुन्छ।’
अहिले पार्टीका सबै नेताहरू प्रदेशगत निर्वाचन समीक्षामा खटिएकाले संसदीय नेता चयनमा ढिला हुन गएको उनले बताए ।
कांग्रेसले अहिले फागुन २१ गते भएको निर्वाचनमा व्यहोरेको हारको देशव्यापी समीक्षा गरिरहेको छ।
कांग्रेस दलको नेताका लागि भीष्मराज आङदेम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्यसहितका सांसदहरू दौडमा छन् ।













प्रतिक्रिया