हच सहरमा राष्ट्रिय फूल बगैंचा परियोजना सुरू, नेपाल-चीन सांस्कृतिक सहकार्यमा अर्को खुट्किलो « Khabarhub

हच सहरमा राष्ट्रिय फूल बगैंचा परियोजना सुरू, नेपाल-चीन सांस्कृतिक सहकार्यमा अर्को खुट्किलो


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनको हच सहरस्थित मुतान जिल्लाको कूआन्यु पियोनी बगैंचामा ‘युनिभर्सल ब्लसम्स’ राष्ट्रिय फूल बगैंचा परियोजनाको शुभारम्भ गरिएको छ।

शनिबार भएको कार्यक्रममा चीनस्थित नेपाली दूतावास, नेपाल व्यापार प्रवर्द्धन केन्द्रका प्रतिनिधि, स्थानीय सरकारी अधिकारी र सम्बन्धित निकायका प्रमुखहरू सहभागी थिए ।

त्यसअवसरमा संयुक्त रूपमा ‘नेपाली लालीगुराँस बगैंचा’ को उद्घाटन पनि गरिएको छ।

फूललाई सम्बन्धको माध्यमका रूपमा प्रस्तुत गरिएको यस परियोजनाले नेपाल र चीनबीचको सांस्कृतिक आदान–प्रदानलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

यसका साथै, ‘चीनको पियोनी राजधानी’ का रूपमा परिचित हच सहरको अन्तर्राष्ट्रिय पहिचान प्रवर्द्धनमा समेत यसले टेवा पुर्‍याउने विश्वास लिइएको छ।

कार्यक्रममा सीपीसी हच नगरपालिका समितिका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख छाओ लिनले सम्बोधन गर्दै हचमा पियोनी खेतीको इतिहास १,५०० वर्षभन्दा पुरानो रहेको उल्लेख गरे।

उनले हाल हच विश्वकै सबैभन्दा ठूलो पियोनी उत्पादन केन्द्र र पूर्ण औद्योगिक शृङ्खला भएको क्षेत्रका रूपमा स्थापित भएको बताए।

पछिल्ला वर्षहरूमा हचले ‘पियोनीलाई विश्वभर फैलाउने’ रणनीतिअन्तर्गत विभिन्न देशहरूसँग सांस्कृतिक सहकार्य विस्तार गर्दै आएको पनि उनले बताए।

परियोजनाअन्तर्गत पहिलो चरणमा ‘नेपाली लालीगुराँस बगैंचा’ र ‘बुल्गेरियन गुलाब बगैंचा’ निर्माण गरिनेछ। यी बगैंचाहरूले विभिन्न देशबीच मित्रता र सांस्कृतिक सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

धुलिखेल नगरपालिकाका पूर्व उपमेयर तथा नेपाल व्यापार प्रवर्द्धन केन्द्रका अध्यक्ष सुभाष श्रेष्ठले परियोजनाको प्रशंसा गर्दै यसलाई नेपाल–चीनबीच फूल संस्कृतिमा आपसी सिकाइ र व्यवहारिक सहकार्य विस्तार गर्ने अवसरका रूपमा व्याख्या गरे।

कार्यक्रमका क्रममा हच नगरपालिका उपमेयर चाङ फङ र नेपाली दूतावासकी आर्थिक मन्त्री पार्वती अर्यालले संयुक्त रूपमा ‘नेपाली लालीगुराँस बगैंचा’ को शिलालेख अनावरण गरे।

त्यसैगरी, सीपीसी मुतान जिल्ला समितिका उपसचिव छन जुशियाङ र सुभाष श्रेष्ठले पियोनी र लालीगुराँसमा आधारित सांस्कृतिक सामग्री तथा बीउ आदान–प्रदान गरेका थिए।

समारोहपछि सहभागीहरूले बगैंचाको अवलोकन गर्दै पियोनी र लालीगुराँस सँगसँगै फुलेको दृश्यको अवलोकन गरेका थिए।

नेपाल र चीन भौगोलिक रूपमा हिमाल र नदीले जोडिएका तथा ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्ध भएका देश हुन्।

नेपालमा पाइने ‘लालीगुराँस’ सुन्दरता र शुभ–सौभाग्यको प्रतीकका रूपमा चिनिन्छ। हचमा यसको बगैंचा स्थापना हुनु सांस्कृतिक आदान–प्रदान र भावनात्मक सम्बन्धको सशक्त प्रतीकका रूपमा हेरिएको छ।

मुतान जिल्ला, जो ‘चीनको पियोनी राजधानी’ को मुख्य क्षेत्र हो, त्यहाँ १,३०८ प्रजातिका पियोनी फूलहरू नौ रंग समूह र दस प्रकारका संरचनामा पाइन्छन्।

करिब १ लाख ई मु (६६६.६७ वर्ग मिटर) क्षेत्रमा फैलिएको यस क्षेत्रले पियोनीसँग सम्बन्धित २६० भन्दा बढी प्रशोधित उत्पादन विकास गरिसकेको छ।

‘युनिभर्सल ब्लसम्स’ परियोजनाले विश्वका विभिन्न देशका राष्ट्रिय फूललाई एकै स्थानमा समेट्दै अवलोकन, सांस्कृतिक अनुभव, अन्तर्राष्ट्रिय आदान–प्रदान र शैक्षिक पर्यटनलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। यो परियोजना हच सहरका लागि नयाँ पहिचान र अन्तर्राष्ट्रिय स्तरको आकर्षण बन्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ५ : ०७ बजे

रग्बी सेभेन्स-२०२६ : पुरुषमा एपीएफ, महिलामा आर्मी च्याम्पियन

काठमाडौं– राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ मा पुरुषतर्फ

‘जलवायु परिवर्तनले पुर्‍याएका असर विश्वमा गम्भीर चुनौतीका रूपमा देखापरेका छन्’

मोरङ– कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जलवायु

यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा अनुष्का र अभिनाश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं– पोखरामा जारी यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा गण्डकीकी अनुष्का अधिकारी

 तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

सुरुङ्गा– झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा

लागूऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

भरतपुर– गृहमन्त्री सुधन गुरुङले लागूऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम