आशाका कालजयी गीतमा स्कुले बच्चादेखि वृद्धसम्म ‘छमछमी’ « Khabarhub

आशाका कालजयी गीतमा स्कुले बच्चादेखि वृद्धसम्म ‘छमछमी’


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

मोहनी लाग्ला है !
‘वसन्त नै बस्न खोज्छ यहाँ’
‘किन बढ्दैछ ढुकढुकी मुटुको’
‘नगर दोमन, माया लाएको होइन नभन’
‘माया त माया’
‘गैरी खेतको शीरै हान्यो’
‘आगे आगे तोपैको गोला’

भारतीय गायिका आशा भोसले र नेपाली कला क्षेत्रको सम्बन्ध प्रष्ट पार्न यिनै गीत काफी छन् ।

अहिले पनि माथिका ती गीतहरू बिना कुनै सांस्कृतिक कार्यक्रम सायदै सम्पन्न हुन्छन् । स्कुल–कलेजका कार्यक्रमहरूमा यी गीतमा नृत्य गरिएकै हुन्छ ।

अब आशाको नेपाल सम्बन्धबारे थप चर्चा गर्नु आवश्यक छ र ?

सायद तपाईंसँग पनि आशाको स्वर दिएको गीतसँग जोडिएको विगतबारे स्मरण पक्कै हुनुपर्छ । आशाका गीत सुन्दा नोस्टाल्जिक नहुने सायदै संगीतप्रेमी होलान् ।

भारतमै जन्मे हुर्केकी आशाले सन् १९६६ मा प्रदर्शनमा आएको फिल्म ‘माइतीघर’मा समावेश गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ’ गाएकी थिइन् । नेपाली फिल्मका लागि गाएको उनको पहिलो गीत यही हो । यही कालजयी बन्यो । डेब्यू नै धमकेदार भयो ।

यो संगीतकार रञ्जित गजमेरको गीत हो । उनैसँगको चिनजान र सम्बन्धले आशाको नेपाली कला क्षेत्रमा यात्रा पारम्भ भएको हो ।

०७६ मा नेपाल आउँदा आशाले रञ्जितबारे भनेकी थिइन्, ‘उसलाई म कान्छा भन्छु । उसैका कारण अहिले म नेपाल आएको हो ।’

निजी क्षेत्रको लगानीमा बनेको पहिलो नेपाली फिल्म ‘माइतीघर’ हो । यसमैमा उनको स्वर छ । आशा नेपालसँग जोडिएको गायिका मात्रै होइन इतिहास पनि हुन् ।

उनी नेपाली पार्श्व गायनमा सन् १९६६ देखि १९९७ सम्म सक्रिय नै थिइन् ।

बाल्यकाल

सांगीतिक विरासत बोकेको परिवारमा आशाको जन्म भएको हो । उनको जन्म महाराष्ट्रमा भएको हो ।

बुवा पण्डित दिननाथ मंगेशकर शास्त्रीय संगीतका दिग्गज गायक र रङ्गकर्मी थिए । उनकी दिदी लता मंगेशकर हुन् । तीन वर्षअघि मात्रै उनको निधन भएको थियो ।

गायनमा लाग्दा दिदी लता चर्चित भइसकेकी थिइन् । दिदीको छायाँमा ख्याति कमाउनुपर्ने उनको सुरुवाती करिअरको संघर्ष हो ।

सोहीकारण उनले सुरुमा गहन साहित्य भएको गीतमा स्वर दिन पाइनन् । डान्सिङ सङमा गीत स्वर दिँदा दिदै उनको करिअरले उचाइ लियो । त्यही उनको परिचय बन्यो ।

१३ वर्षको उमेरमा उनले पहिलो गीत ‘चदा चदा वब बाठ्ठा’ रेकर्ड गराएकी थिइन् । सन् १९४३ मा प्रदर्शनमा आएको मराठी फिल्म ‘माझा बठ्ठा’का लागि उनले स्वर दिएकी हुन् ।

१९४८ मा उनले हिन्दी फिल्म ‘चुनरिया’का लागि ‘सावन आया’ बोलको गीतमा स्वर दिइन् ।

आशाका गीत

आशाले संगीत इतिहासमा सबैभन्दा बढी गीत रेकर्ड गराउने कलाकार बनेर सन् २०११ मा गिनिज वर्ल्ड रेकर्ड राखिन् ।

उनले नेपाली, बंगाली, अंग्रजी, रुसीसहित भारतका विभिन्न स्थानीय भाषा गीत गाएकी छन् । २० बढी भाषाका गीत उनले रेकर्ड गराएकी छन् ।

गायन योगदानलाई कदर गर्दै भारत सरकारले उनलाई सन् २००८ मा पम विभूषणले सम्मान गरेको थियो । ८० वर्षको उमेरसम्म उनी गायनमा सक्रिय नै थिइन् ।

गायनमै समर्पित जीवन

आशाले नेपाल आएर सांगीतिक प्रस्तुति दिएपछि भनेकी थिइन्, ‘भारतमा सबैभन्दा कुशल वादक छन् भन्ने भ्रम रहेछु । नेपाल आएपछि भ्रम टुट्यो ।’

अर्थात्, उनी नेपाली संगीतलाई माया गर्ने र स्रष्टा हुन् । सोहीकारण पनि उनले तीन दर्जन बढी नेपाली गीतमा स्वर दिएकी हुन् ।

स्वर सम्राट नारायण गोपाल, संगीतकार रञ्जित गजमेर, शम्भुजित बास्कोटालगायतका वरिष्ठ कलाकारहरुले उनीसँग सहकार्य गरेका छन् ।

नेपाली फिल्मका प्रायः कालजयी गीतमा उनको स्वर समावेश छ । सात दशकभन्दा लामो करिअरमा आशाले १२ हजार बढी गीतमा स्वर दिएकी छन् ।

उनको एक फिल्ममा प्रमुख भूमिका पनि निर्वाह गरेकी छिन् । केही फिल्ममा अतिथि भूमिकामा देखिएकी छन् ।

सम्झनामा आशा

कलाको प्रमुख मध्येको एक शक्ति नै स्रष्टालाई अमर बनाउने हो । उनको एक विवाह असफल भयो । दोस्रो विवाहको साथ पनि आशाको जीवनको अन्त्य समय सम्म रहेन । उनका दोस्रो श्रीमान् सन् १९९९ मा बिते ।

तर, उनले जस्तोसुकै परिस्थितिबाट पनि आफूलाई गायनबाट टाढा राखिन् । जीवनको उताराद्र्ध अर्थात् ८६ वर्षको उमेर पनि उनी नेपाली दर्शकसँग साक्षात्कार गर्न काठमाडौं आइन् ।

यो भेट नेपाली दर्शकको लागि सामान्य पक्कै होइन । कारण– उनको स्वरसँग दर्शकको एउटा आत्मियता छ, सम्झना छ, विगत छ, सुख दुख र एकान्तको साथी उनको स्वर बनेको क्षण छ ।

बाल्यकाकाले सबैभन्दा मिठो मानिने विद्यालयको स्मरण उनकै स्वर रहेको गीतसँग जोडिन्छ । जसरी विगतमा आशा हामीसँगै थिइन् । यो लोकमा उनको भौतिक उपस्थिति नरहे पनि उस्तै गरी उनी हाम्रै साथमा हुने छिन् ।

आजसम्म उनका गीतहरू गुनगुनाउँदा कालजयी मानिन्थ्यो । अब आशा अमर रहेको हिसाबमा गणना हुनेछ । ९२ वर्षको उमेर आशा बितिन् । अलबिदा– आशा !

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ५ : २९ बजे

साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड

दुबई – साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी

परराष्ट्रमन्त्री खनालको सम्पत्ति : तीन जिल्लामा जग्गा, बैंकदेखि हाइड्रोसम्म लगानी

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला सुन र २५

शिक्षा पोखरेलको सम्पत्ति : घरजग्गा, सेयर र सवारीसहित २४ करोड

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको कुल

मन्त्री सोविता गौतमको सम्पत्ति : १० लाख बैंक मौज्दात, १ तोला हिरा र १५ तोला सुन

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको

ऊर्जामन्त्री श्रेष्ठसँग १५ तोला सुन र ५८ लाख रुपैयाँ बैंक मौज्दात

काठमाडौं- सरकारले सार्वजनिक गरेको पछिल्लो सम्पत्ति विवरणअनुसार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग