उपसभामुखमा जिल्लिएपछि राप्रपा चर्कियो विवाद, नयाँ नेतृत्वका लागि तत्काल महाधिवेशनमा जानुपर्ने माग « Khabarhub

उपसभामुखमा जिल्लिएपछि राप्रपा चर्कियो विवाद, नयाँ नेतृत्वका लागि तत्काल महाधिवेशनमा जानुपर्ने माग


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र फागुन २१ गतेको निर्वाचनमा भएको पराजयको बाछिटा देखिन थालेको छ ।

प्रत्यक्षतर्फ एक सिट मात्रै जितेको राप्रपामा पछिल्लो राजनीतिक अवस्था र निर्वाचन परिणामलाई लिएर असन्तुष्टि चुलिएको हो ।

धवल शमशेर जबरासहितका नेताहरूले लिखित पत्र नै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई पठाएर नेतृत्वको कार्यशैली, संगठनात्मक कमजोरी र निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन् ।

पत्रमा २०७८ को एकता महाधिवेशनपछि पार्टीले अपेक्षित प्रगति गर्न नसकेको र पछिल्लो संसदीय निर्वाचनमा निराशाजनक परिणाम आएको उल्लेख गरिएको छ।

यसका साथै, चुनावी असफलतापछि पनि कुनै समीक्षा, आत्मआलोचना वा जिम्मेवारी नलिइएको भन्दै नेतृत्वप्रति असन्तोष व्यक्त गरिएको छ।

पत्रमा उपसभामुख निर्वाचनमा पार्टीको सहभागितालाई लिएर पनि प्रश्न उठाइएको छ।

उक्त निर्णय केन्द्रीय कार्यसमिति वा कार्यसम्पादन समितिमा छलफल नै नगरी गरिएको भन्दै यसले विधि, अनुशासन र लोकतान्त्रिक प्रक्रियामाथि असर पारेको दाबी गरिएको छ।

पार्टीभित्र बढ्दो अस्थिरता, कार्यकर्ताको निराशा र सदस्यता परित्यागको क्रम बढिरहेको उल्लेख गर्दै संगठनलाई पुनर्जीवित गर्न तत्काल कदम चाल्नुपर्ने माग गरिएको छ।

राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीले सघाउने बताएका थिए । तर अन्तिममा रास्वपाले श्रमसंस्कृतिकी रुबीकुमार ठाकुरलाई सघाएर जिताइदियो । यता सहयोगको आशमा बसेको राप्रपा नराम्रोसँग जिल्लिएको छ।

पत्रमा आगामी महाधिवेशनलाई निष्पक्ष बनाउन स्वतन्त्र व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने, एक साताभित्र महाधिवेशनको मिति घोषणा गर्नुपर्ने तथा हालसम्मका विवादित निर्णयहरूको छानबिन गर्न समिति गठन गर्नुपर्ने माग गरिएको छ।

त्यस्तै, पार्टीको वर्तमान नेतृत्वको चार वर्षे कार्यकाल समाप्त भइसकेको र म्याद थपिएको अवस्थामा २०८३ जेठभित्र महाधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार प्रक्रिया अघि बढाउनुपर्ने पनि पत्रमा उल्लेख छ।

संगठनलाई पुनर्जीवित गर्न ‘ताजा जनादेश’ आवश्यक रहेको निष्कर्षसहित आन्तरिक सुधारको माग चर्काएका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ५ : २८ बजे

छानो बिग्रिएपछि मर्मत गरिँदै भैरवको रथ : नौ दिनसम्म बिस्केट जात्रा मनाइने

भक्तपुर– विश्वनाथ भैरवको रथको अगाडि रहेको बेताल देवताको केही भाग

रग्बी सेभेन्स-२०२६ : पुरुषमा एपीएफ, महिलामा आर्मी च्याम्पियन

काठमाडौं– राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ मा पुरुषतर्फ

‘जलवायु परिवर्तनले पुर्‍याएका असर विश्वमा गम्भीर चुनौतीका रूपमा देखापरेका छन्’

मोरङ– कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जलवायु

यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा अनुष्का र अभिनाश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं– पोखरामा जारी यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा गण्डकीकी अनुष्का अधिकारी

 तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

सुरुङ्गा– झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा