आशा भोस्लेलाई सम्झिँदै भारतीय दूतावासले भन्यो, ‘दुई देशबीचको सांस्कृतिक सम्बन्धकी सेतु थिइन्’ « Khabarhub

आशा भोस्लेलाई सम्झिँदै भारतीय दूतावासले भन्यो, ‘दुई देशबीचको सांस्कृतिक सम्बन्धकी सेतु थिइन्’


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालस्थित भारतीय दूतावासले प्रख्यात गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा भएको निधनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

दूतावासले सामाजिक सञ्जालमार्फत् जारी गरेको सन्देशमा आशा भोस्लेको कालजयी स्वर र लामो संगीत यात्राले विश्वभरका लाखौं श्रोताहरूलाई प्रभावित गरेको उल्लेख गरिएको छ।

नेपालमा समेत उनका गीतहरू अत्यन्त लोकप्रिय रहेको स्मरण गर्दै दूतासावले भनेको छ, ‘उनले नेपाली गीतहरू पनि गाएकी थिइन् । जसबाट सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउन भूमिका खेलेको थियो ।’

आशा भोस्लेको संगीत यात्राले भारत र नेपालबीचको सांस्कृतिक र भावनात्मक सम्बन्धलाई अझ गहिरो बनाएको दूतावासले जनाएको छ।

‘उनको योगदानले दुई देशबीचको सांस्कृतिक सेतु निर्माणमा महत्वपूर्ण भूमिका खेलेको थियो’, दूतावासले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ५ : ३६ बजे

राजेन्द्र बजगाईंले त्यागे कांग्रेस 

काठमाडौं– पूर्वसांसद समेत रहेका राजेन्द्र बजगाईं (राज) ले नेपाली कांग्रेस

बालबालिकासम्बन्धी ऐन संशोधन गर्दा कार्यान्वयनमुखी बनाउनुपर्ने सुझाव

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिकासम्बन्धी ऐन, २०७५

सुक्खा तरकारीका लागि पनि आयातकै भर

काठमाडौं– नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने

छानो बिग्रिएपछि मर्मत गरिँदै भैरवको रथ : नौ दिनसम्म बिस्केट जात्रा मनाइने

भक्तपुर– विश्वनाथ भैरवको रथको अगाडि रहेको बेताल देवताको केही भाग

रग्बी सेभेन्स-२०२६ : पुरुषमा एपीएफ, महिलामा आर्मी च्याम्पियन

काठमाडौं– राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ मा पुरुषतर्फ