यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा अनुष्का र अभिनाश सर्वोत्कृष्ट खेलाडी « Khabarhub

यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा अनुष्का र अभिनाश सर्वोत्कृष्ट खेलाडी


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखरामा जारी यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा गण्डकीकी अनुष्का अधिकारी र बागमतीका अभिनाश सुनार सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । 

पोखरामा आइतबार सम्पन्न च्याम्पियनसिपमा ट्रयाकतर्फ गण्डकीकी अनुष्काले २ स्वर्ण, १ रजत र १ कांस्य पदक जित्दै सर्वाधिक पदक हात पारिन् । पुरुषतर्फ अभिनाशले हाईजम्पमा नयाँ कीर्तिमान कायम गर्दै सर्वोत्कृष्ट खेलाडीको उपाधि जिते । दुवैले जनही नगद रु ५–५ हजार पुरस्कार प्राप्त गरे ।

समग्र टिमतर्फ गण्डकी प्रदेश १० स्वर्ण, ५ रजत र ४ कांस्य पदकसहित च्याम्पियन बन्यो । बागमती प्रदेश ६ स्वर्ण, ६ रजत र १ कांस्य पदकका साथ दोस्रो तथा सुदूरपश्चिम प्रदेश ४ स्वर्ण, ५ रजत र २ कांस्य पदकसहित तेस्रो स्थानमा रहेको प्रतियोगिताका संयोजक गजबहादुर गुरुङले उक्त जानकारी दिएका हुन् । 

८०० मिटर पुरुषतर्फ बागमतीका हस्त सुनारले २ मिनेट २० सेकेन्डमा दौड पुरा गरी स्वर्ण जिते । लुम्बिनीका अनुप थारु २ मिनेट ०४.२६ सेकेन्डका साथ रजत र गण्डकीका सुजन नेपाली २ मिनेट ०५.६७ सेकेन्डका साथ कांश्य पदक जिते ।

महिला ८०० मिटर दौडमा गण्डकीकी नारायणी भण्डारी २ मिनेट ३१.८९ सेकेन्डमा पहिलो हुँदै स्वर्ण पदक जितिन् । बागमतीकी भगवती खड्का २ मिनेट ३२.१९ सेकेन्डका साथ रजत तथा सुदूरपश्चिमकी सङ्गीता बिक २ मिनेट ३४.९२ सेकेन्डमा कांश्य पदक जितिन् ।

यसैबीच, प्रतियोगिता अन्तर्गत आइतबारबाट पोखरामा दोस्रो संस्करणको पोखरा एथलेटिक्स मिट सुरु भएको छ  । यू–२० प्रतियोगितामा सातै प्रदेशका १५४ खेलाडीले २४ इभेन्टमा सहभागिता जनाएका थिए भने पोखरा एथलेटिक्स मिटतर्फ ३० इभेन्टमा ३२२ खेलाडी सहभागी भएको संयोजक सिद्धान्त अधिकारीले जानकारी दिएका छन् । 

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ६ : ३६ बजे

मन्त्री सोविता गौतमको सम्पत्ति : १० लाख बैंक मौज्दात, १ तोला हिरा र १५ तोला सुन

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको

ऊर्जामन्त्री श्रेष्ठसँग १५ तोला सुन र ५८ लाख रुपैयाँ बैंक मौज्दात

काठमाडौं- सरकारले सार्वजनिक गरेको पछिल्लो सम्पत्ति विवरणअनुसार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग

मन्त्री सीता वादीको सम्पत्ति : २० कुखुरा र एउटा कुकुर, बैंकमा १५ लाख मौज्दात

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग

गृहमन्त्री गुरुङको नाममा १९ रोपनी जग्गा, ८९ तोला सुन र ६ किलो चाँदी

काठमाडौं- गृहमन्त्री सुधन गुरुङको नाममा उल्लेख्य मात्रामा जग्गा र सुनचाँदी

ज्वालामुखी मुलुकको पहिलो स्वच्छ गाउँपालिका घोषणा

धादिङ – धादिङको ज्वालामुखी गाउँपालिकालाई मुलुकको पहिलो सफा तथा स्वच्छ