ज्वालामुखी मुलुकको पहिलो स्वच्छ गाउँपालिका घोषणा « Khabarhub

ज्वालामुखी मुलुकको पहिलो स्वच्छ गाउँपालिका घोषणा


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

धादिङ – धादिङको ज्वालामुखी गाउँपालिकालाई मुलुकको पहिलो सफा तथा स्वच्छ गाउँपालिका घोषणा गरिएको छ । नेपालको संविधान २०७२ ले निर्दिष्ट गरेको मौलिक हक र सरसफाइसम्बन्धी रणनीतिक योजनाहरू कार्यान्वयन गर्दै ज्वालामुखी गाउँपालिकाले सफा तथा स्वच्छ पालिकाका रूपमा घोषणा गरेको हो ।

आज ज्वालामुखी गाउँपालिका–४ ढोलामा विशेष कार्यक्रमसहित प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले ज्वालामुखी मुलुकको पहिलो सफा तथा स्वच्छ गाउँपालिका बनेको घोषणा गरे । सरसफाइ र स्वच्छतासम्बन्धी समुदायको सोचमा सकारात्मक परिवर्तन ल्याई सफा तथा स्वच्छ गाउँ अभियानलाई पूर्ण सार्थकता दिन सफल भएकामा प्रशंसा गरे ।

यहाँका प्रत्येक घरधुरीमा सरसफाइ सुविधा, सुरक्षित खानेपानीको पहुँच र व्यक्तिगत स्वच्छता अभ्यासको पूर्णपालना गराई सफा तथा स्वच्छ पालिका घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले बताए ।

‘हाम्रो लक्ष्य तथ्याङ्कमा मात्र होइन, नागरिकको जीवन र व्यवहारमा सरसफाइको संस्कृति बसाल्नु हो । सफा र स्वच्छ ज्वालामुखीको सङ्कल्प पूरा गर्न हामीले वडास्तरबाट सूचकहरू पूरा गरेर आएका छौँ’, उनले भने, ‘यो अभियानमा हरेक घरधुरीको सक्रिय सहभागिता र प्रतिबद्धता आवश्यक छ । हामी सुरक्षित खानेपानी र पूर्ण सरसफाइको अधिकारलाई घरघरमा सुनिश्चित गर्न कटिबद्ध छौँ ।

ज्वालामुखी गाउँपालिकामा छ हजार ७९ घरधुरी छन् । त्यसमध्ये पाँच हजार ४३३ घरधुरी आवासको रूपमा प्रयोग भइरहेका छन् । सबै घरधुरीमा सुरक्षित र शुद्ध पानी, शौचालय, चुलोलगायत स्वच्छताका आधारको प्रयोग भइरहेको अध्यक्ष दनैले बताए ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ८ : १० बजे

मन्त्री रावलको सम्पत्तिः बूढानीलकण्ठ र बारामा जग्गा, ४४ लाखको गाडी (विवरणसहित)

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था,

हर्मुजमा ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न ट्रम्पको निर्देशन

वासिङ्टन – इस्लामावादमा भएको शान्ति वार्ताका क्रममा इरानले आफ्नो आणविक

अरुणखोलामा बारुद प्रयोग गरेर माछा मार्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१४ राइकोटेस्थित अरुणखोलामा बारुदजन्य पदार्थ

कति छ भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग सम्पत्ति ?

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल

साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड

दुबई – साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी