गृहमन्त्री गुरुङको नाममा १९ रोपनी जग्गा, ८९ तोला सुन र ६ किलो चाँदी « Khabarhub

गृहमन्त्री गुरुङको नाममा १९ रोपनी जग्गा, ८९ तोला सुन र ६ किलो चाँदी


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री सुधन गुरुङको नाममा उल्लेख्य मात्रामा जग्गा र सुनचाँदी रहेको पाइएको छ । सरकारले सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरणअनुसार उनको नाममा धनकुटामा मात्रै १९ रोपनी १५ आना जग्गा छ । यो जग्गा उनले विभिन्न समयको लगानीबाट आर्जन गरेको जानकारी दिएका छन् ।

गृहमन्त्रीको पैतृक सम्पत्तितर्फ पनि ठूलो परिमाणमा जग्गा रहेको पाइएको छ । उनका पिता दिलबहादुर गुरुङको नाममा चितवनको भरतपुर–१८ गुञ्जनगरमा ३० कठ्ठा जग्गा छ ।

त्यस्तै, बाजे रामसल गुरुङ तथा परिवारको नाममा रहेको र अहिलेसम्म अंशबन्डा नभएको गोरखाको चुमनुब्रीस्थित २ सय २१ रोपनी जग्गा रहेको विवरणमा खुलाइएको छ ।

जिन्सी सम्पत्तितर्फ गृहमन्त्री गुरुङसँग ८९ तोला सुन रहेको छ । यसका साथै उनीसँग ६ किलो चाँदी समेत रहेको स्वघोषणा गरिएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ८ : १३ बजे

मन्त्री रावलको सम्पत्तिः बूढानीलकण्ठ र बारामा जग्गा, ४४ लाखको गाडी (विवरणसहित)

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था,

हर्मुजमा ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न ट्रम्पको निर्देशन

वासिङ्टन – इस्लामावादमा भएको शान्ति वार्ताका क्रममा इरानले आफ्नो आणविक

अरुणखोलामा बारुद प्रयोग गरेर माछा मार्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१४ राइकोटेस्थित अरुणखोलामा बारुदजन्य पदार्थ

कति छ भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग सम्पत्ति ?

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल

साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड

दुबई – साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी