मन्त्री सोविता गौतमको सम्पत्ति : १० लाख बैंक मौज्दात, १ तोला हिरा र १५ तोला सुन « Khabarhub

मन्त्री सोविता गौतमको सम्पत्ति : १० लाख बैंक मौज्दात, १ तोला हिरा र १५ तोला सुन


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको बैंक खातामा १० लाख ५० हजार ३३५ रुपैयाँ मौज्दात रहेको खुलेको छ । सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनले विभिन्न बैंकबाट ऋण लिएको पनि उल्लेख गरेकी छन् ।

गाडी खरिदका लागि उनले राष्ट्रिय वाणिज्य बैंकबाट २० लाख रुपैयाँ ऋण लिएको र त्यसमध्ये ७ लाख रुपैयाँ भुक्तानी गरिसकेको उल्लेख छ। त्यस्तै, एभरेष्ट बैंकबाट पनि २५ लाख रुपैयाँ ऋण लिइएको विवरणमा देखिन्छ।

उनको सम्पत्तिमा सुन, चाँदी र हिरा पनि समावेश छन्। विवरण अनुसार उनीसँग १५ तोला सुन, ९ तोला चाँदी र १ तोला हिरा रहेको छ।

सवारी साधनतर्फ, मन्त्री गौतमले राष्ट्रिय वाणिज्य बैंकबाट २६ लाख रुपैयाँ ऋण लिएर बा ०१–०२९ च ४३३६ नम्बरको गाडी खरिद गरेको उल्लेख गरेकी छिन्।

उनका श्रीमान् गृहेन्द्र घिमिरेको नाममा समेत ठूलो ऋणसहित सवारी साधन रहेको छ। घिमिरेले एभरेष्ट बैंकबाट ९५ लाख रुपैयाँ ऋण लिएर बा ३ च ६७२२ नम्बरको गाडी खरिद गरेको उल्लेख छ। उक्त गाडी खरिद गर्दा ऋण, तलब र पुरानो गाडी एक्सचेन्ज गरिएको विवरणमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ८ : ३५ बजे

इरानलाई सहयोग गरे चीनविरूद्ध ५० प्रतिशत करवृद्धि गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व युद्धको क्रममा इरानलाई

मन्त्री मेहताको सम्पत्तिः १७ लाख बैंक मौज्दात, ३० तोला सुन र ५० तोला चाँदी

काठमाडौं – स्वास्थ्य, जनसंख्या तथा खानेपानीमन्त्री निशा मेहताको सम्पत्ति विवरण

मन्त्री रावलको सम्पत्तिः बूढानीलकण्ठ र बारामा जग्गा, ४४ लाखको गाडी (विवरणसहित)

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था,

हर्मुजमा ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न ट्रम्पको निर्देशन

वासिङ्टन – इस्लामावादमा भएको शान्ति वार्ताका क्रममा इरानले आफ्नो आणविक

अरुणखोलामा बारुद प्रयोग गरेर माछा मार्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१४ राइकोटेस्थित अरुणखोलामा बारुदजन्य पदार्थ