मन्त्री रावलको सम्पत्तिः बूढानीलकण्ठ र बारामा जग्गा, ४४ लाखको गाडी (विवरणसहित) « Khabarhub

मन्त्री रावलको सम्पत्तिः बूढानीलकण्ठ र बारामा जग्गा, ४४ लाखको गाडी (विवरणसहित)


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको नाममा काठमाडौंको बूढानीलकण्ठमा ७० लाख रुपैयाँ मूल्य बराबरको जग्गा रहेको खुलेको छ ।

आइतबार सार्वजनिक गरिएको विवरण अनुसार बारामा ५० लाख रुपैयाँ मूल्यको अर्को जग्गा पनि रहेको उल्लेख छ। दुवै जग्गा खरिदको स्रोत श्रीमानको आम्दानी भएको उनले खुलाएकी छन्।

चल सम्पत्तितर्फ २५ तोला सुन रहेको विवरणमा उल्लेख छ। सो सुन स्वआर्जन र परिवारबाट प्राप्त उपहारका रूपमा रहेको जनाइएको छ। बैंक मौज्दाततर्फ विभिन्न बैंकमा गरी २४ लाख रुपैयाँभन्दा बढी रकम बचत रहेको छ। उक्त बचत पनि श्रीमानको आयबाट संकलित भएको विवरणमा उल्लेख गरिएको छ।

साथै, एभरेष्ट बैंकबाट २०८२ साल जेठमा २० लाख रुपैयाँ ऋण लिएको विवरणमा देखिन्छ। सवारी साधनतर्फ मन्त्रीसँग ४४ लाख रुपैयाँ मूल्यको गाडी रहेको उल्लेख गरिएको छ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ९ : ४६ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६