गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन « Khabarhub

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको आज स्थलगत अवलोकन गरेका थिए ।

राष्ट्रिय गौरवको आयोजनका रूपमा अघि बढाइएको निर्माणाधीन उक्त राजमार्गको उहाँले चितवनबाट स्थलमार्ग हुँदै नवलपरासीका विभिन्न क्षेत्रमा अवलोकन गर्नुका साथै निर्माणका क्रममा देखिएका समस्याका बारेमा जानकारी लिएका छन् ।

गृहमन्त्री गुरुङ निर्माणाधीन राजमार्गको अवस्थाका जानकारी लिएर स्थलमार्ग हुँदै आज रुपन्देही आइपुग्नुभएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मेघनाथ पाध्याले जानकारी दिए । उनका अनुसार गृहमन्त्री आजै भैरहवाबाट काठमाडौँ फर्किएका छन् ।

त्यस्तै गृहमन्त्री गुरुङले आजै निर्माणाधीन बुटवल(गोरुसिङ्गे सडकको विषयमा जानकारी लिएका छन् । राष्ट्रिय गौरवको आयोजनका रूपमा अघि बढाइएको उक्त आयोजनाका लागि आवश्यक नदीजन्य सामाग्रीको अभावले निर्माणले गतिलिन नसकेको बारेमा आयोजना प्रमुख इन्जिनियर कुशलता न्यौपानेले गृहमन्त्रीलाई जानकारी दिए ।

साथै गृहमन्त्री गुरुङले आज निर्माण कम्पनीका प्रतिनिधिसहित बुटवलको तिनाउ नदीको मगरघाट क्षेत्रको अवलोकन गरेको आयोजना प्रमुख न्यौपानेले जानकारी दिए । सो क्षेत्र तिनाउ नदीबाट नदीजन्य पदार्थ निकाल्न मिल्ने स्थानका रूपमा मानिएको उनको भनाइ छ ।

आयोजना प्रमुख न्यौपानेले निर्माण व्यवसायी र आयोजना कार्यालयका तर्फबाट नदीजन्य पदार्थको अभाव हुँदा काम प्रभावित भएको विषयमा गृहमन्त्री गुरुङलाई जानकारी गराइएकाले समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे ।

राष्ट्रिय गौरवको आयोजना बुटवल(गोरुसिङ्गे सडक विस्तार आयोजनाका लागि आवश्यक माटो, भष्कट र नदीजन्य सामग्रीको अभावका कारण पुल, कल्भर्ट र नालीबाहेकका अधिकांश काम ठप्पजस्तै भएका छन् । उनका अनुसार नदीजन्य पदार्थको अभावले प्रभावित बनेको क्षेत्रअन्तर्गत बुटवलको पाखापानबाट रुपन्देहीको कोठीनदीसम्म पर्दछ ।

‘बुटवलको पाखापानबाट कोठीनदीसम्मको क्षेत्रका अधिकांश ठाउँमा लाखौँ घनमिटर माटो, भस्कट र नदीजन्य सामग्री आवश्यक पर्दछ । यस आयोजनाका लागि अझै माटो तथा भष्कट आठ लाख १० हजार घनमिटर र नदीजन्य पदार्थ करिब सात लाख ४९ हजार घनमिटर आवश्यक पर्दछ’, आयोजना प्रमुख न्यौपानेले भने ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  १० : ३२ बजे

लिभरपुलमाथि लिड्सको पुनरागमन जित, ४–२ गोल अन्तरले पराजित

काठमाडौँ – अमेरिकाको सिकागोमा भएको प्रिसिजन मैत्रीपूर्ण फुटबल खेलमा लिभरपुल

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता

चितवन– चितवन जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ जना अझै

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

झापा– पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली चियाको निर्यातमा

ट्रम्पको ‘शान्ति योजना’ सार्वजनिक भएकै समय गाजामा इजरायली आक्रमण: १९ जनाको मृत्यु

गाजा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको शान्ति र सुरक्षाका लागि

निर्मल पुर्जाको स्मृतिमा ठोस काम गर्ने मन्त्री महावीर पुनको प्रतिबद्धता

काठमाडौँ – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले दिवंगत पर्वतारोही