आज २०८३ साल वैशाख २९ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८३ साल वैशाख २९ गते मंगलबारको राशिफल


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०८३ साल वैशाख २९ गते मंगलबार। जेठ कृष्ण पक्षको दशम:तिथि। । अन्तर्राष्ट्रिय नर्स दिवस । तदनुसार सन् २०२६ मे १२ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : आज व्यापारमा गरेको खर्चबाट राम्रो आम्दानी हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। राम्रा काममा थोरै बोलेर अगाडि बढ्नुपर्ने समय छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। खानपानमा समस्या हुनेछ।

वृष : दिन राम्रो छ। दीर्घकालीन योजना सफल बन्नेछन्। :को ख्याल आफैं गर्नुपर्ने दिन छ। विपक्षी साथीको साथ मिल्नेछ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ।

मिथुन : दिन राम्रो छ। मानसम्मान बढ्नेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट प्रगति हुनेछ। राज्यको तर्फबाट साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। साना कुरामा चिन्ता बढ्नेछ। साथीको साथ र सहयोग मिल्नेछ। दैनिक काम सहजै बन्नेछन्।

सिंह : बोल्दा सचेत बन्नुपर्नेछ। सामान्य विषयमा पनि गलत आरोप लाग्ने जोखिम छ। अध्ययनमा अल्छीपनले दुःख दिनेछ। व्यापारमा लाभ हुनेछ। परिवारमा मेलमिलाप हुनेछ।

कन्या : दिन राम्रो छ। तपाईंको कामको प्रशंसा हुनेछ। राज्यका महत्त्वपूर्ण ठाउँबाट भएको मागको सम्बोधन गर्नु उचित हुनेछ। राज्यका अंगमा तपाईंको आवश्यकता रहनेछ। परिवारमा भने खटपटी बढ्नेछ।

तुला : तपाईंको बोलीको प्रशंसा हुनेछ। नयाँ कामको थालनी नगर्नु राम्रो हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। धार्मिक अभियन्तासँग झुकाब देखाउनु पर्नेछ।

वृश्चिक : अध्ययनमा जोस र जाँगर बढ्नेछ। विपक्षी साथी शान्त भएकाले तपाईंलाई काम गर्न सहज हुनेछ। मान्यजनको आर्शिवाद लिएर अगाडि बढ्नुपर्नेछ।

धनु : दिन सामान्य छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। :मा विशेष ख्याल गर्नुपर्नेछ। खानपानमा ख्याल नगर्दा समस्या बढ्नेछ। विपक्षी शक्तिशाली भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ।

मकर : दिन राम्रो छ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। राजनीतिमा ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। शिक्षाको क्षेत्रमा मिहिनेतको खाँचो देखिन्छ। परिवारसँगको दैनिकी सामान्य ढंगले चल्नेछ।

कुम्भ : आज धेरै राम्रो दिन छ । गुम्न लागेको धन हात लाग्नेछ । उपचारमा भए :मा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

मीन : बोलीको प्रभावले काम बन्ने दिन छ । महत्त्वपूर्ण विषयको छलफलमा सचेत बन्नुपर्नेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ५ : ०८ बजे

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप