हान्टाभाइरस प्रभावित सबै यात्रुको उद्धार, एक अमेरिकीमा संक्रमण पुष्टि « Khabarhub

हान्टाभाइरस प्रभावित सबै यात्रुको उद्धार, एक अमेरिकीमा संक्रमण पुष्टि


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – प्राणघातक ‘हान्टाभाइरस’ को चपेटामा परेको क्रुज पानीजहाज ‘एमभी होन्डियस’ मा रहेका अन्तिम यात्रु र चालक दलका सदस्यको उद्धार गरी नेदरल्यान्ड्स पुर्‍याइएको छ । सोही क्रममा स्वदेश फिर्ता गरिएका एक अमेरिकी यात्रुमा भने श्वासप्रश्वास सम्बन्धी यो संक्रमण पोजिटिभ देखिएको छ ।

नेदरल्यान्ड्सको विदेश मन्त्रालयका अनुसार क्यानरी टापुमा रोकिएको उक्त पानीजहाजबाट सोमबार दुई वटा विमानमार्फत ६ यात्रु र १९ चालक दलका सदस्यसहित २८ जनाको उद्धार गरिएको हो ।

अमेरिकी अधिकारीका अनुसार हाल १८ जना अमेरिकी नागरिकलाई क्वारेन्टिनमा राखेर लक्षणको निगरानी भइरहेको छ । यता विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भने यो भाइरसको प्रकोपबाट सार्वजनिक जनस्वास्थ्यमा हुने जोखिम अझै पनि न्युन रहेको दाबी गरेको छ ।

हान्टाभाइरस मुख्यतया मुसा वा जनावरको मलमूत्र र र्‍यालबाट मानिसमा सर्ने गर्दछ । प्रभावित पानीजहाजबाट सबैको उद्धार गरिए पनि संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाइएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  १० : २५ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)