हान्टाभाइरस प्रभावित सबै यात्रुको उद्धार, एक अमेरिकीमा संक्रमण पुष्टि « Khabarhub

हान्टाभाइरस प्रभावित सबै यात्रुको उद्धार, एक अमेरिकीमा संक्रमण पुष्टि


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – प्राणघातक ‘हान्टाभाइरस’ को चपेटामा परेको क्रुज पानीजहाज ‘एमभी होन्डियस’ मा रहेका अन्तिम यात्रु र चालक दलका सदस्यको उद्धार गरी नेदरल्यान्ड्स पुर्‍याइएको छ । सोही क्रममा स्वदेश फिर्ता गरिएका एक अमेरिकी यात्रुमा भने श्वासप्रश्वास सम्बन्धी यो संक्रमण पोजिटिभ देखिएको छ ।

नेदरल्यान्ड्सको विदेश मन्त्रालयका अनुसार क्यानरी टापुमा रोकिएको उक्त पानीजहाजबाट सोमबार दुई वटा विमानमार्फत ६ यात्रु र १९ चालक दलका सदस्यसहित २८ जनाको उद्धार गरिएको हो ।

अमेरिकी अधिकारीका अनुसार हाल १८ जना अमेरिकी नागरिकलाई क्वारेन्टिनमा राखेर लक्षणको निगरानी भइरहेको छ । यता विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भने यो भाइरसको प्रकोपबाट सार्वजनिक जनस्वास्थ्यमा हुने जोखिम अझै पनि न्युन रहेको दाबी गरेको छ ।

हान्टाभाइरस मुख्यतया मुसा वा जनावरको मलमूत्र र र्‍यालबाट मानिसमा सर्ने गर्दछ । प्रभावित पानीजहाजबाट सबैको उद्धार गरिए पनि संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाइएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  १० : २५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली